समृद्धिका लागि जैविक विविधता डा. ओली

A+ A-

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रसहित मनाइदैछ । जैविक विविधता महासन्धीका २५ वर्ष : पृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितता भन्ने नाराका साथ नेपालमा पनि जैविक विविधता दिवस मनाइदैछ ।

जैविक विविधताको महत्त्वलाई दर्शाउन संयुक्त राष्टसंघले सन् १९९२ देखि २२ मेलाई जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यसवर्ष यो दिवस मनाउन थालिएको २५औं वर्षगाँठसमेत हो । खासगरी जैविक विविधताप्रति सर्वसाधारणलाई जानकारी दिने तथा महत्त्व बुझाउन यो दिवस मनाउन थालिएको हो । यसै सन्दर्भमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीसँग नेचर खबरले कुराकानी गरेको थियो । प्रस्तुत छ कुराकानीको अंश: 

नेपालले जैविक विविधता दिवस किन मनाउन थालेको हो ? यसको उद्देश्य स्पष्ट पारिदिनुस् न ?

नेपाल जैविक विविधता महासन्धीको पक्ष राष्ट्र भएको हिसाबले हरेक २२ मेका दिन अन्तर्राष्ट्रिय स्थरमा अन्तर्राष्ट्रिय जैविक विविधता  दिवस मनाउने परचलन छ । अन्तर्राष्ट्रिय समुदाय सँग नेपालको अघिबद्धता जनाउने । नेपालले जैविक विविधता संरक्षण ,व्यवस्थापन र यसको दीगो उपयोगमा गरेका प्रयासहरूको बारेमा सम्बन्धी सरोकारवालहरुमा अन्तर्राष्ट्रिय जानकारी गराउने । जैविक विविधता संरक्षण ,व्यवस्थापन यसको दीगो उपयोगमा जनचेतना फैलाउने हिसाबले
यो दिवस मनाउने परचलन सुरु भएको हो ।

जैविक विविधतासम्बन्धी महासन्धिको पक्ष राष्ट् भइसकेपछि नेपालले जैविक विविधताको संरक्षण र दीगो उपयोगका लागि के कस्ता क्रियाकलाप अघि बढाएको छ ?

जैविक विविधतासम्बन्धी महासन्धिको मुख्य तीनवटा उदेश्य रहेको छ । जैविक विविधताको संरक्षण , यसको दीगो उपयोग र जैविक विविधता संरक्षण र प्राप्त हुने लाभको न्यायचित बांडफांड । तीनवटा विषयमा नेपालले वन तथा वातावरण मन्त्रालय यो महासन्धिको फोकल संस्था पनि हो । यसले नितिगत कानुनी संस्थागत र केहि कार्यक्रमका कार्यान्वयन तहमा बिन्न उपलब्धीहरु हासिल गरेको अवस्था छ । नेपालले अन्तर्राष्ट्रिय समुदायसँग केहि चिज देखाउन लायक गरेको मध्ये जैविक विविधता संरक्षण व्यवस्थापनको विषय पनि हो । उदाहरणको रूपमा भन्नुपर्दा नेपालले जैविक विविधता महासन्धिको आइची टार्जेट झन्दै १० प्रतिशत, १७ प्रतिशत चाहि जमिनमा पाइने इकोसिस्टम भन्ने छ । हामीले त्यो अंकलाई उछिनि सकेको अवस्था छ। नेपालमा २३ प्रतिशत भन्दा बढि भूभाग संरक्षित क्षेत्रले ओगटेको अवस्था छ । नेपालमा महत्त्वपूर्ण दूलर्भ वन्यजन्तुहरूको संरक्षण भइरहेको अवस्था छ । तिनै वन्यजन्तु जैविक विविधताको संरक्षणको कारणले नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योग्दान गरेको छ । झन्दै ६० प्रतिशत पर्यटक हाम्रा संरक्षित क्षेत्रमा भ्रमण गरेको रेक्डले देखाउँछ । त्यसबाट प्राप्त हुने आम्दानी पनि वन तथा वातावरण मन्त्रालयको कुल आम्दानीको हिंसामा उल्लेख रहेको अवस्था छ ।

जैविक विवधता कस्ता खालको चुनौतीहरू छन् ?तीनलाई कसरी सम्बोधन गर्ने सकिएला ?

पछिल्लो समयमा मुलुक संघीय संरचनामा गइसके पछि हामीले नितिगत कानुनी र संस्थागत सुधार गनुपर्ने आवश्यक्ता रहेको छ । जैविक विविधता संरक्षण गरिरहँदा खेरी खासगरी यो जैविकि विविधता महासन्धिमा टेकेर बनाइएको दस्तावेजहरुलाई ६ वटा क्षेत्रलाई प्राथमिकता दिएका छौँ । त्यसमा मुख्यतय वनको जैविक विविधता , संरक्षित क्षेत्रको जैविक विवधता ,पर्यटकीय जैविक विविधता, सिमसार जैविक विविधता, कृषि जैविक विविधता र चरण क्षेत्रको जैविविक विवधता । यो मध्ये वन क्षेत्रको र संरक्षित क्षेत्रको जैविक विवधताको केन्द्रित भएर कुरा गर्दा वन क्षेत्रकोमा हामीसँग उल्लेखिय रूपमा सफलताहरू हासिल गरिसकेको इतिहास एकातिर छ । जस्तै समुदायमा आधारित वन व्यवस्थापन पद्धती । नेपाल एउटा त्यो पद्धती अपनाएर उपलब्धी हासिल गर्ने संसारको पायोनर मुलुक मध्ये एउटा हो । त्यस्तै गरी नेपालमा भर्खरै हामीले सुरु गरेको दीगो वन वैज्ञानिक व्यवस्थापनको विषय पनि एउटा वनमा विज्ञानलाई कसरी अघि बढाउन सकिन्छ भन्ने हिसाबले सुरुवात गरेको अवस्था हो । चुनौतीको कुरा गर्दा खेरी संरक्षित क्षेत्रमा वन्यजन्तुहरूको सख्या बृद्धि हुँदा खेरी त्यसले निम्ताउने मानव बस्तीमा र मानवको जीवनमा पनि । मानव वन्यजन्तुको घटनाहरू वृद्धि भएको अवस्था छ । अन्नवालीहरुमा क्षती पुगेको अवस्था पनि छ । त्यो दिशामा वन तथा वातावरण मन्त्रालय एउटा चुनौतिको रूपमा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन विषय अगाडि आएको अवस्था छ । त्यसैगरी वन क्षेत्रको जैविक विविधतामा वन क्षेत्रमा संरक्षणमा हामीले केहि चुनौतिहरु भोगेका छौँ । उदाहारणको रूपमा वन क्षेत्रको अत्रिक्रममण तथ्याक हेर्ने हो भन्ने झन्दै एक लाख हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ । यसैगरेर केहि चोरी निकाशीका समस्याहरूबाट पनि हामी गुजिरहेको अवस्था छ । त्यस्तै पर्वतिय क्षेत्रमा भएका हाम्रा अमुल्य निधिहरुलाई हामीले संरक्षणबाट उचित उपयोग गर्ने नसकेको अवस्था छ । उदाहरणको रूपमा हामीसँग भएका बहुमुल्य जडिबृटिहरुको जुन दंगले उपयोग गरेर विदेशी मुदा आर्यजन गनुपर्ने हो त्यो दिशामा हामीले गर्ने सकेका छैनौँ । चुनौति र अवसर दुबैको रुपमा लिएर अघि बढ्ने हिसाबले मन्त्रालयले सोच लिएको छ ।

चुनौतीहरूका लागि केहि विशेष कार्यक्रम केहि योजनाहरू छन् अहिले ?

अहिले मन्त्रालयले भर्खरै मात्र वन तथा वातावरण क्षेत्रको सुधार कार्ययोजना दस्तावेज जारी गरेको छ । यसमा हामीले विभिन्न १६वटा विषयमा १०० बुँदामा सुधारका कार्ययोजना के के हुनसक्छ भन्ने हिसाबले उल्लेख गरेका छौँ । नितिगत , कानुनी ,संस्थागत सुधार देखि विभिन्न विषयहरूमा सुधारका कार्ययोजना छन् । यसमा टेकेर हामी वन तथा वातावरण क्षेत्रलाई लगानीको तुलनामा कसरी प्रतिफल निम्ताउने प्रतिफल क्षेत्रको रूपमा विकास गर्ने सकिन्छ भन्ने हिसाबले अघि बढेका छौँ । अझ यसलाई प्रष्ट रुपमा भन्नुपर्दा वन वातावरण क्षेत्रभित्र दायित्व सिर्जना गर्ने क्षेत्रबाट कसरी समृद्धि, रोजगारी सिर्जना गर्ने क्षेत्रभित्र रुपमा विकसित गर्ने हिसाबले हामी अघि बदेका छौँ ।

देशको समृद्धि र जीविकोपार्जनसँग कसरी जोड्न सकिन्छ ?अर्थिक समृद्धि प्राप्त गर्ने बाटोहरू के के हुनसक्छ ?

संरक्षित क्षेत्रमा जति पनि पर्य पर्यटनको अवसरहरू विकास भइरहेको छ । त्यसबाट प्राप्त हुने आम्दानीको ठुलो हिसां वन तथा वातावरण मन्त्रालयको संरक्षित क्षेत्रभित्रकको व्यवस्थापन बाट भइरहेको अवस्था एकातिर छ । अर्का तिर हाम्रो मुलुकमा झन्दै ४४.७४ प्रतिशत वन क्षेत्र ओगटेको अवस्था छ । भइरहेको सबैप्रकारको वन क्षेत्रमा उचित व्यवस्थापन प्रणाली अपनाएर जाने हो भने त्यसबाट उत्पादन हुने काठ,दाउरा र ती काट दाउरामा आधारित उधमहरु हामीले प्रवधन गर्ने हो भन्ने एकातिर अहिले भइरहेको काठको आयात रोक्ने मुलुकलाई आत्मनिर्भर बनाउने र हामीले त्यसबाट उत्पादन र रोजगारी सिर्जना गर्ने सक्ने सम्भावना एकातिर छ भने अर्का क्षेत्र भनेको जडिबुटि गएर काष्ठ पैरवारको उत्पादन , प्रशोधन र बजारीकरणलाई एकृकित रूपमा अगाडि बढाएर त्यसबाट मूल्य अभिबृद्धि गर्ने र विदेशी मुद्रा आर्यजन गर्ने सम्भावना पनि छ ।

जैविक विविधता संरक्षणबाट प्राप्त हुने लाभको समन्वय बाडंफाँड विषयमा स्थानीय जनसमुदायको सहभागितालाई सुनिक्षित गर्ने कानुनुहरु प्रायप्त छन् ?

अहिले भएका कानुनहरू प्रायप्त छैनन यो विषयलाई सम्बोधन गर्ने एउटा कानुनको तर्जुमा मन्त्रालयले गरेको अवस्था हो । खास गरेर आनुवाशिक स्रोतको पहुँचमा प्राप्त हुने लाभको समन्वय बांडफाँड सम्बन्ध एउटा कानुनको मसौदा तजुमा भएको अवस्था छ । त्यो कानुनलाई अबका दिनमा राख्ने छिराउने हिसाबले हामीले कार्ययोजनामा त्यो विषयलाई राखेका छौँ । सँगसँगै जैविक विविधता महासन्धीको अभिसन्धीको रूपमा रहेको नागोया अभिसन्धीमा सामेल गरिसकेपछि यसको पक्ष राष्ट्र हुने हिसाबले हामीले पक्रियो अघि बढाएका छौँ । केहि सामान्य भाषिक त्रृटिले गर्दा त्यो हुन सकेको छैन । त्यसलाई हामी फेरी हामीले क्याबिनेटमा नागोया अभिसन्धीलाई संम्मेलनको माध्यमबाट त्यसको पक्ष राष्ट्र हुने पक्रिया हामीले अघि बढाएका छौँ । जैविक विविधता माहासन्धीको त्रेस्रो उद्देश्य छ आनुवाशिक स्रोत माथि पहुभ र त्यसबाट प्राप्त हुने लाभको समन्वय बांडफाँडको विषयमा एउटा अभिसन्धीलाई सम्मेलन मार्फत त्यसको पक्ष राष्ट्र हुने । सँगसँगै सम्बन्धित कानुनलाई अन्तिम रूप दिएर अघि बढियो भने जैविक विविधता , जैविक स्रोत , आनुवाशिक स्रोत माथिको स्वामित्व त्यसका अभिलेखिकरण र त्यसबाट प्राप्त हुने लाभको बाडंफाँडमा अघि बढ्न सकिन्छ।

देश सघीया दाचामा गइसकेको छ। यस्तो भेला चाहिँ जैविक स्रोत ,जैविक विविधताको संरक्षणको कार्यक्रम मन्त्रालय , प्रेदेश , स्थानीय सरकारहरू कसरी गनुपर्छ । अथवा ,नितिगत र कानुनी पक्रियाहरु कसरी अगाडि बदिरहेको छ ?

हामीले नेपाली संविघानको मर्म र भावना अनुसार अनसूचिमा उल्लेख भएको विषय वस्तुलाई टेकेर वन तथा वातावरण क्षेत्रको नितिगत, कानुनी र संस्थागत दृष्टिकोणबाट गृहकार्य गरिरहेका छौँ । उदाहरणका रूपमा संरक्षित क्षेत्रहरू राष्ट्रिय निकुञ्ज ,आरक्ष र संरक्षण क्षेत्रहरू संघको कार्य सूचिमा रहेको अवस्था छ । यसलाई आगामी दिनमा अघि बढाउनको लागि त्यसको संरक्षणहरू पनि अन्तिम रूपमा लिएसकेको अवस्था छ । वन क्षेत्रको जैविक विविधताको कुरा गर्ने हो भने वन क्षेत्रको राष्ट्र वन प्रदेशको एकल अधिकारको रूपमा रहेको छ । त्यसममार्फत वन स्रोतको व्यवस्थापन गर्ने हिसाबले संरचनाहरू तयार गरेका छौँ । त्यही दंगले वन एनको परिमार्जनको पक्रिया पनि हामीले अघि बढाएका छौँ । सँगसँगै नितिगत पाटोमा राष्ट्रिय वन नीति हुँदै संविधानको संघको कार्यक्षेत्रमा रहेको व्यवस्था छ । त्यसै अनुसार हामीले वन निनि २०७१ त्यसलाई परिपार्जन गर्न हिसाबले राष्ट्रय वन नीति तर्जुमा गर्ने अघि बढेका छौँ । सँगसँगै राष्ट्रिय निकुञ्ज ,वन्यजन्तु संरक्षण एन ।
वन तथा वातावरण अन्य एनहरु पनि परिपार्जन गर्ने हिसाबले अघि बढेका छौँ ।

अन्तयमा केहि

आज हामी जैविक विविधता अन्तर्राष्ट्रिय दिवस मनाउन गइरहेका छौँ । यो महासन्धी स्थापना भएको २५ औं वर्ष पूरा भएको । हामीले पनि नेपालमा जैविक विविधता संरक्षणको क्षेत्रमा विगत २५ वर्षमा गरिएका काम कारबाहीहरू उपलब्धी एउटा सँगालोको रूपमा विभन्न लेखहरू सहित प्रकाशन पनि गरेका छौँ । त्यो सम्बन्धित सरकारवालहरु ,सम्बन्धित अनुसन्धानकर्ताहरु र इच्छुक पाठक वर्गलाईपनि हामीले अपेक्षा गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस

web
analytics