मन्त्रीले भने,’ वातावरण संरक्षण गरेर मात्रै पूर्वाधार निर्माण गरौँ ’



वन तथा वातावरण मन्त्रालयका मन्त्री  शक्तिबहादुर बस्नेतले नेपालको जैविक विविधताको दृष्टिकोणले निक्कै धनी राष्ट्र भएको जानकारी दिए । जैविक विविधताले परिपूर्ण पारिस्थिकिय प्रणालीको लाभ सम्पूर्ण नेपालीले लिन पाएको चर्चा उनले गरे । उनले भने,‘वातावरण संरक्षण गरेर मात्रै पूर्वाधार निर्माण गर्नुपर्छ ।’

२५ औं जैविक विविधताको दिवसमा वन तथा वातावरण मन्त्रालयले राजधानिमा आयाेजना गरेको कार्यक्रममा बोल्दै , मन्त्री बस्नेतलले  सर्वसाधारणमा वातावरण संरक्षण गर्ने जनचेतना आएको जानकारी गराउँदै संरक्षित क्षेत्र बनाइदिनुपर्ने माग राख्दै आफुकहाँ संरक्षणकर्मीहरु आइरहेको बताए ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०७५ जैविक विविधता महासन्धिको २५ वर्ष : पृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितता भन्ने नाराको साथ देशभर यो दिवस  विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले वन क्षेत्र बिस्तार हुँदा वन्यजन्तुको पनि बृद्धि भएको जानकारी दिए । वन क्षेत्र संरक्षण गरेका कारण वन्यजन्तुको संख्या बृद्धि भएको उनको दाबी छ । उनले भने, ‘स्रोत माथिको पहुँच र त्यसबाट उपलब्धी हुने लाभको बांडफाँडमा कानुनी रूपमा पनि लिपिबद्ध गर्ने नसक्दा समस्या आइरहेको छ । तर आगामी दिनमा यस्ता बिषयमा नीतिगत सुधार गर्न गृहकार्य गर्दैछौं ।’

राष्ट्रिय योजना आयोग सदस्य डा. कृष्णप्रसाद ओलीले जैविक विविधता संरक्षणसम्बन्धी बिषयबस्तु सम्बोधन गरेर पाठ्यपुस्तकमै समावेश गर्नुपर्ने सुझाव दिए । ओलीले आनुवाशिक स्रोतको पहुँचको आधारमा लाभको विषयमा   बांडफाँड हुने गरी कानुन निर्माण हुन नसकेको जानकारी दिए ।

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका सचिव, डा. युवकध्वज जिसीले वन्यजन्तु संरक्षणमा ठूला वन्यजन्तुको मात्रै जोड दिन नहुने तर्क राखे । उनले कृषि र वन तथा वातावरण मन्त्रालय सहकार्य गरी योजना तर्जुमा गर्नुपर्ने सुझाव दिए ।

संघीयतामा प्रवेश गरेको मुलुकमा अहिले स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्रिय सरकार गरी तीन संरचना छन् । नेपाल र भारत तथा नेपाल र चीन बीचको सिमा वारपार सम्बन्ध बैठक र वन्यजन्तु शिकार गर्नेलाई कानुनी दायरामा ल्याउने बिषयमा नेपालले सफलता प्राप्त गरेको औँल्याइएको छ । तराई भू–परिधीय कार्यक्रम, पवित्र भू–परिधीय कार्यक्रम, चितवन–अन्नपूर्ण भू–परिधीय कार्यक्रम ,कैलास पवित्र भुपरिधीय विकास पहिलो र कन्चनजंघा भू–परिधीय विकासको बारेमा पनि आवश्यक पहल भइरहेको छ ।

नेपालमा पाइने विभिन्न प्रकारका प्रजातिको पारिस्थिकिय संरक्षण तथा प्राणी र वनस्पति उदानको विकास, हात्ती, गोही, गिद्ध संरक्षण केन्द्रको व्यवस्थापन, रााष्ट्रिय र प्रादेशिक वनस्पति उधान र अध्ययन अनुसन्धान तथा प्रविधिको बिषयमा पनि नेपालले ठूलो फड्को मारेको औँल्याइएको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयकोे जैविक विविधता तथा वातावरण माहाशाखाका प्रमुख डा.महेश्वर ढकालले जैविक विविधताको  २५ वर्षकाे  उपलब्धी, चुनौती र कार्ययोजना प्रस्तुत गरेका थिए । ढकालले भने ,‘वन्यजन्तु र मान्छेको मन नछुने गरिएका कामहरू त्यति धेरै संरक्षणमुखि हो भनेर भन्न सकिँदैन । त्यसैले वन्यजन्तुको मन र मान्छेका मन छुने गरेर काम गर्नुपर्छ । हो हुँदा वन्यजन्तुसहित मान्छेले पनि सन्तुष्टि पाउनेछन् ।’

जैविक विविधताका भएका  २५ वर्षकाे   उपलब्धीहरुलाई समेटेर प्रकाशित भएको विभिन्न पुस्तकको बिमोचन भएको छ । जैविक विविधताको अवसरमा पाँच वटा किताब विमोचन गरिएको हाे  ।टवान्टी फाइभ येअरर्स अफ अचिभमेन्ट अन बायोडायभरसिटी कन्जरभेसन इन नेपाल ,बायोडायरभरसिटी अफ नेपाल९फोटो०,नेशनल रामशार स्ट्राटेजिक प्लान९२०१८–२०२४० ,फ्लेम फर कन्सरभेसन,वाइल्डलाइफ स्टोकपाइल्स् म्यानेजमेन्ट इन नेपाल र इन्टीग्रेटेड म्यानेजमेन्ट प्लान अफ लेक क्लस्टर अफ पोखरा भ्याली बुकको बिमोचन भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics