यसरी चिनौँ गुणैगुणको धनी भीमकाय हात्तीलाई

A+ A-

हामी सबैले प्रायजसो हात्तीलाई चलचित्र, टेलिभिजन र वन्यजन्तु पार्कहरूमा हेरेकै छौँ । यो जनावरको बारेमा थोरबहुत जानकारी पनि होला । तर प्राप्त भएका सबै जानकारी पूर्ण छैनन् होला । यहाँ हात्तीकै बारेमा विस्तृत विवरण उल्लेख गरिएको छ ।

हात्ती इलेफयान्टीडाइ परिवारमा पर्ने सबैभन्दा ठूलो थलचर स्तनधारी प्राणी हो । विश्वभर गरी हालसम्म तीन प्रकारको प्रजातिको हात्तीले हामीले भेट्न सक्छौँ । विश्वभर अफ्रिकन बुस हात्ती अर्थात् लोक्सोडोनाटा अफ्रिक्यानल, अफ्रिकन फरेष्ट हात्ती अर्थात लोक्सोडोनाटा साइक्लोटिस र एसियन हात्ती अर्थात् इलिफाज म्यासिमस् जातका हात्तीहरू पाइन्छ ।

यस्ता तीन जातमध्ये अफ्रिकन जातका हात्तीहरू मुख्य गरी अफ्रिकाको मध्य तथा पश्चिमी क्षेत्रमा भएका जंगलमा पर्याप्त संख्यामा पाइन्छ । एसियन जातका हात्तीहरू मुख्य गरी नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, इन्डोनिशियालगायतका दक्षिण एसिया र दक्षिणपुर्वी एसियाली मुलुकको जंगलमा ठूलो संख्यामा पाइन्छ ।

सामान्य तया अफ्रिकन हात्तीेको उचाई ५ मिटर हुन्छ । यसको तौलभने ४०० किलोदेखि ७ हजार ५०० किलोसम्म हुन्छ । यस्तै एसियन जातको हात्तीको उचाई ३ मिटर हुन्छ भने तौल ३००० देखी ६००० किलोसम्मको हुन्छ । अफ्रिकन जातको हात्तीको कानको आकार ठुलो र हेर्दा अफ्रिकाको नक्सा जस्तै देखिन्छ । यसको तुलनामा एसियन जातको हात्तीको कान अफ्रिकन जातको तुलनामा सानो तथा आकार भारतको नक्सा जस्तै देखिन्छ ।

हात्तीलाई एक बुद्धिमानी प्राणीको रूपमा लिने गरिन्छ । प्राणी विज्ञहरूका अनुसार हात्तीले खास गरी घटना र अनुहारलाई सम्झिरहने प्राणीको रूपमा चिनिन्छ । यिनीहरूले खडेरीको बेलामा आफ्नो दाँत तथा सुँडको मद्दतले जमिनमा खाल्डो खनेर पानी निकालेर सेवन गर्ने क्षमताका हुन्छन् । यसले गर्दा खडेरीको समयमा हात्तीलाई मात्रै होइन, अन्य वन्यजन्तुलाई पनि पानीको उपलब्धता सजिलै प्राप्त हुन्छ । जङ्गलमा हात्तीले चरन मार्फत आहार ग्रहण गर्ने क्रममा वनस्पतिहरू सबै नखाएर केही बाँकी राख्छन अर्थात् वनस्पतिका झाडीहरू बिच खाली ठाउँ“ राखेर सधैँ अघि बढ्ने गर्छन् ।
जसले गर्दा नयाँ“ पालुवा पलाउन सहयोग पुग्नुको साथै अन्य साना जनावरहरूको निम्ति बाटो पनि बन्न पुग्छ । हात्तीको गोबरमा वनस्पतिका बिउहरू विद्यमान रहन्छ । यसले गर्दा उनीहरूले जहाँ“–जहाँ“ गोक्र्रयाउछन् त्यहाँ“–त्यहाँ“ नयाँ“–नयाँ“ बिरुवा उम्रिन्छ । यसरी हात्तीले वानस्पतीक परिस्थितिका पद्धतिमा तथा पर्यावरणीय सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलिराखेको हुन्छ ।

हात्तीले आफ्नो करिब एक इन्चको बाक्लो छालालाई घामको पोलाईबाट जोगाउन जहिले पनि गर्मीयामको समयमा लेदो माटो र सुख्खा माटो आफ्नो शरीरमा सुडको सहयोगमा दल्ने गर्छ । भीमकाय शरीर भएपनि हात्तीलाई कमिलाबाट भने खतरा रहन्छ । सुडमा कमिलाले टोकेर क्षति पुरयाउने भएकाले हात्ती सकेसम्म कमिला नजिक नजाने प्राणीको रूपमा पनि गनिन्छ । हात्तीको परिवारमा कसैको मृत्यु भयो भने सम्पूर्ण परिवार नै आएर शोक मनाउने यसको अर्को बृद्धिमानी कार्यको रूपमा चिन्ने गरिन्छ ।

हात्तीको आयु सामान्यतया ७० देखि ८० वर्षको हुन्छ । यस्तै गर्मी अवधि ६१५ देखि ६५० दिनको हुन्छ । यिनीहरू एक दिनमा २–३ घण्टा मात्र सुत्छन् र बा“की समय आहार खोज्न जंगलमा बिचरण गर्छन् । एक दिनमा कम्तिमा एक सय ५० किलो आहार यसले ग्रहण गर्दैआएका छन् । आहारमा हात्तीले सबैभन्दा बढी मन पराउने वनस्पति ववुल हो । यस्तै हात्तीले बदामलाई पनि निक्कै मिठो र स्वादिलो मानेर खाने गर्छन् ।

नेपालको संस्कृति र धर्म ग्रन्थमा हात्तीलाई महत्त्वपूर्ण अंगको रूपमा मानिदैं आएको छ । विभिन्न धर्म ग्रन्थमा यसको नाम उल्लेख गरिनु तथा इतिहासमा लिच्छिविकालीन राजा मानदेव, राणाकालिन प्रथम प्रधानमन्त्री जंगबहादुर राणाको नाम पनि विभिन्न हिसाबले हात्तीस“ग जोडिनुले यस कुराको पुष्टियांई गर्छ । विसौ शताब्दीको अन्त्यतिर विश्वमा हात्तीको संख्या १० लाखभन्दा माथि थियो तर अहिले आएर झन्डै ७ लाखको संख्यामा मात्रै छन् ।

हाल एसियन हात्तीको संख्या ३५०० देखि ४००० को बिचमा छ । एक प्रतिवेदनअनुसार प्रत्येक दिन सय वटा अफ्रिकन जातका हात्ती शिकारीको शिकारमा पर्छन् । शिकारीले अवैध रुपमा हात्तीको दाँत झिकेर निक्कै महँगो मुल्यमा चोरी निकासी गर्ने भएकाले हात्तीको शिकर हुने गर्छ । यही हाराहारीमा एसियन हात्ती पनि शिकारमा पर्छन् । यसले गर्दा अहिले हात्ती निक्कै जोखिम अवस्थामा पुगेको छ । यसको संरक्षण पनि ठूलो चुनौती बनेको छ ।

यसरी परापूर्व कालदेखी नै मानवीय जीवनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साकारात्मक प्रभाव पार्दै आएको विभिन्न रोचक गुणले भरिएको, पृथ्वीकै ठुलो शाकाहारी थलचर यो प्राणीको संरक्षणमा वन्यजन्तु सम्बन्धी कार्यगत एकता विभिन्न देशका संघ संस्था, सरकार, सरोकारवाला निकायबिच हुन जरुरी छ । साथै सर्वसाधारण पनि यो वन्यजन्तुलाई जगेर्ना गर्न आवश्यक देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

web
analytics