संरक्षित क्षेत्रमा २३ वृतचित्र छायांकन, अघिल्लो वर्षको तुलनामा घट्यो

A+ A-



नेपालको संरक्षित क्षेत्रलाई आधार बनाएर यो वर्ष २३ वटा बृतचित्र छायांकन भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चालु आर्थिक वर्षमा २०७४।७५ मा यस्ता विषयवस्तुमा आधारित २३ वटा वृत्तचित्र छायांकन भएको हो।

यसमध्ये विदेशी नागरिकले १७ वटा, सार्क मुलुकले एक र स्वदेशी नागरिकबाट पाँचवटा वृत्तचित्र निर्माण भएको हो । भारत ,जापान, बेलायत, डेनमार्क, अमेरिका , फ्रान्स जर्मन र फिनल्याण्ड लगायतका मुलुकका नागरिकबाट यस्तो वृत्तचित्रको छायांकन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतको संरक्षित क्षेत्रहरूमा ५२ वटा वृत्तचित्रहरु छायांकन भएका थिए । ५२ मध्ये २३ स्वदेशी नागरिकबाट, सार्कस्तरमा १ र बिदेशी नागरिकबाट २८ वटा बृतचित्र छायांकन गरिएको थियो । यसरी तुलना गर्दा गत् वर्षको तुलनामा यो वर्ष २९ वटा कम संख्यामा वृत्तचित्र निर्माण भएको छ ।

यो वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा जोखिम वन्यजन्तुको खोजी, सगरमाथा राष्ट्रिय निकुञ्जमा लुक्लादेखि माउण्ट एभरेष्ट बेस क्यापसम्म, चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध सम्बन्धी र सगरमाथा राष्ट्रिय निकुञ्जमा बेलायतबाट राइडिङ सगरमाथा लगायतका विषयमा विभिन्न प्रकारको वृत्तचित्रहरु बनेका छन् ।

भारतबाट बीबीसी वर्ल्ड वाइल्ड, नेपालबाट रणवीर, ड्रिम गर्ल र नालापानी नामक वृत्तचित्र छायङ्कन भएको छ । अमेरिकनद्धारा छायांकन गरेकाे फाइन्डिङ्स बिट वृत्त चित्र तीन ठाँउ चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा छायांकन भएकोले यसको लागि तीनहजार अमेरिकन डलर खर्च लागेको छ । यसरी नेपालको वन्यजन्तु र आरक्षित तथा संरक्षित क्षेत्र र निकुञ्जमा गरिएको छायांकन गर्दा यो वर्ष  अहिलेसम्म  विदेशी वृतचित्रबाट १९ हजार अमेरिकन डलर र सार्क मुलुकबाट २५ हजार रुपैयाँ राजस्व बापत संकलन भएको छ ।गत वर्ष भने सार्क मुलुकबाट २५ हजार, एक लाख ४५ हजार स्वेदेशी नागरिकबाट र विदेशी मुलुकबाट २८ हजार अमेरिकन डलर राजस्व उठेको थियो ।

वृतचित्र/ चलचित्र निर्माणका लागि विदेशी मुलुकसँग एक हजार अमेरिकन डलर, सार्क मुलुकसँग २५ हजार नेपाली रुपैँया र नेपालीसँग पाँच हजार रुपैया लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics