देशभर तापक्रम वृद्धि



दुई दिनअघि सुदूरपश्चिम भेगमा मात्र बढेको तापक्रम आज काठमाडौँ उपत्यकासहित देशभर बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको जनाएको छ ।

प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता वर्षा नभएका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविदहरुले बताएका छन् ।

नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस पुगेको छ । शनिबार काठमाडौँको तापक्रम ३१ डिग्री पुगेको थियो । अघिल्लो वर्ष (सन् २०१७ जुन ५) मा काठमाडौँको तापक्रम बढीमा ३२ डिग्री पुगेको महाशाखाको रेकर्ड छ । मनसुन शुरु हुन अझै दुई साताभन्दा बढी छ ।

सबैभन्दा बढी नेपालगञ्जको ४२.२ तापक्रम पुगेको छ । अघिल्लो वर्ष जुन ५ मा त्यहाँको तापक्रम ४२ डिग्री पुगेको थियो । धनगढीको ४१.२, दिपायलको ३९, दाङको ३७, भैरहवाको ३६ र विराटनगरको ३१ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम ताप्लेजुङको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics