तीन दिनसम्म देशभरि वर्षा हुने



तीन दिनसम्म देशभरि वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको हो ।

महाशाखाहाले काठमाडौँको उत्तर-पूर्वी भू-भागमा मेघ गर्जन तथा हावा हुरीकासाथ वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

बुधबार रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाकाले जनाएको छ ।

उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ। राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू(भागका एक/दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ।

शुक्रबार देशका मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याइएको छ। उच्च हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics