ताप्लेजुङको घटनाप्रति कोशीका मुख्यमन्त्रीद्वारा दुख व्यक्त, सुरक्षा निकायसँग छलफल

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन भएको घटनाप्रति दुख व्यक्त व्यक्त गरेका छन् ।

उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेका हुन् । शुक्रबार बिहानैदेखि उनले सुरक्षा निकायका प्रमुखहरू र कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन संवाद गरी जिल्लाको अवस्था बुझेका छन् ।

प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई भौतिक र मानवीय क्षति कम गर्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा पनि उनले कुराकानी गरेका छन् ।

अहिले बाढी पहिरो र वर्षाको समय भएकाले यस्तो बेलामा प्रदेश सरकारबाट गर्न सकिने सहयोग र उद्धारका बारेमा पनि मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायहरूसँग छलफल गरिरहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics