नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

काठमाडौं - नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । पहाडी गत पुस १७ देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिइन् ।

२०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनियरका रूपमा सातौँ तहबाट सेवा प्रवेश गर्नुभएकी पहाडी २०७८ माघ १८ मा नायब प्रबन्ध निर्देशक नियुक्त थिइन् ।

तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित छनोट समितिले असारमा १६ उम्मेदवारसँग कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर तीनजनाको नामसहित सर्टलिस्ट तयार गरेको थियो । जसमा पहाडीसहित जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा र विमल आचार्यको नाम सिफारिस गरिएको थियो ।

त्यसैगरी कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे राजस्व सचिव घिमिरे सञ्चय कोषको अध्यक्षमा नियुक्त भएका छन् । कोषको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics