छोटो भिडियो हिमालयन हाइड्रो एक्स्पोमा पठाएर पुरस्कार जित्ने मौका

    193   


काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन लागेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ ।

एक्स्पोमा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामाग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने ‘जलविद्युत उत्पादन र सेवा प्रतियोगिता’ आयोजना गर्न लागिएको हो ।

नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्व दर्शाउन दुई विधामा प्रतिस्पर्धा गराउन लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । हरेक प्रतिस्पर्धाका बिजेताले ४४÷४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नियम के के छन् ?
१, शर्ट भिडियो बनाउँदा ९० सेकेण्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्व दर्शाउनुपर्नेछ ।

२, भिडियोहरू आयोजक संस्था इप्पानको वेबसाइट, इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेबसाइट, हिमालयन हाइड्रो एक्स्पोको वेबसाइट, तथा अफिसियल सामाजिक सञ्जालहरू फेसबुक इन्स्टाग्राम, युट्युब, लिङ्कडिन लगायतमा पोस्ट गरिनेछन् ।

३, सबैभन्दा धेरै लाइक, सेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम र द्वितीय पुरस्कार दिइनेछ ।

४, प्रथम पुरस्कार ४४ हजार र द्वितीय पुरस्कार २२ हजार रुपैयाँ रहेको छ ।

५, भिडियो पठाउने अन्तिम मिति २७ चैत २०८० रहेको छ भने ११ वैशाख २०८१ सम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिनेछ ।

६, हाइड्रोपवार उत्पादन र सेवासँग सम्बन्धित आइडियाहरू देखाउने प्रतिस्पर्धाका सहभागीहरूले भने आफ्ना रचनात्मक आइडियाहरू एक्स्पो अवधि २०८१ वैशाख १२ देखि १४ गतेभित्र एक्स्पो स्थल भृकुटीमण्डपमा देखाउनुपर्ने छ ।

७, प्रतिस्पर्धामा सहभागी हुन भने ५ जनासम्मको समूहलाई २५ सय रुपैयाँ सहभागिता शुल्क तोकिएको छ । यो शुल्कमा हरेक व्यक्तिलाई ३ दिनसम्म लञ्च कुपन उपलब्ध गराइनेछ ।

८, यसमा पनि प्रथम हुने व्यक्ति वा समूहले ४४ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । द्वितीय र तृतीय हुनेले भने क्रमश २२ र ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एक्स्पोको अवसरमा अयोजना गरिएको प्रतिस्पर्धाले हरित ऊर्जाले समग्र विकासमा पारेको प्रभाववारे सर्वसाधारणलाइ जनचेतना दिनुका साथै ऊर्जा क्षेत्रमा प्रयोग हुने नयाँ नयाँ अवधारणाहरूको वारेमा जान्न र बुझ्न सहयोग पुग्ने इप्पानका महासचिव बलराम खतिवडाले बताउँछन् ।

३ दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरूका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन् । ५० हजार भन्दा धेरै अवलोकन कर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics