अन्तरिक्षयात्री सुनिता र बेरीलाई नलिई पृथ्वीमा फर्कँदै यान

काठमाडाैं - बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट अलग भएको छ । सो यान अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिईकन पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ ।

यानले आज शनिबार (स्थानीय समय)मा न्यु मेक्सिकोको ह्वाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने लक्ष्य बनाएको छ । नासाका अन्तरिक्षयात्री बेरी ‘बुच’ विल्मोर र सुनिता ‘सुनी’ विलियम्स गत ५ जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आफ्नो पहिलो चालक दलको उडानका लागि ६ जुनमा अन्तरिक्ष स्टेसनमा पुगेका थिए । दुवै अन्तरिक्षयात्री एउटै उडानबाट पृथ्वीमा फर्कने अपेक्षा गरिएको थियो ।

स्टारलाइन परिक्रमा प्रयोगशालामा पुग्दा नासा र बोइङले हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टर्समा समस्या भएको पहिचान गरे । त्यसैले, अन्तरिक्षयात्रीको सुरक्षाका लागि नासाले गत २४ अगस्टमा स्टारलाइनर चालक दलबिना स्टेसनबाट पृथ्वीमा फर्कने घोषणा ग-यो । बुच विल्मोर र सुनी विलियम्सले कार्गोका साथ स्टारलाइनर प्याकिङ र फिर्ताका लागि यसको क्याबिनलाई कनफिगर गर्ने काम पूरा गरे । नासाले दुवै अन्तरिक्षयात्रीलाई चालक दलबिना प्रस्थानका लागि तयार गर्न बिहीबार दिउँसो अन्तिमपटक स्टारलाइनसको ह्याच बन्द गरेको थियो ।

विल्मोर र विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमै रहने र नासाको स्पेसएक्स क्रु–९ मिसनका लागि नियुक्त अन्य दुई चालक दलका सदस्यसँग स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमार्फत सन् २०२५ फेबु्रअरीमा घर फर्कने जनाइएको छ । स्पेसएक्स र बोइङ दुवै व्यावसायिक बिक्रेताहरू हुन् । यिनीहरूलाई नासाले अमेरिकी–प्रक्षेपण अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउन जिम्मेवारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics