इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २२९ पुग्यो

काठमाडौं - इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुगेको छ। दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १०ः०० बजे पहिरो गएको थियो।

पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

इथियोपियामा जुलाईमा शुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अनुमान गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो ।

पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउने गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics