इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन : टिकटक चल्ने बनाउनू

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटक चल्ने बनाउन निर्देशन जारी गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाइएको जानकारी दिएको हो ।

सरकारले यही महिनाको ५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics