टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडाैं - शर्तसहित टिकटकको प्रतिबन्ध हटाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय बिहीबार गरेको हाे ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले तीन महिनाभित्र प्रक्रिया पूरा नगरे पुनः बन्द गर्ने शर्तसहित टिकटकको प्रतिबन्ध हटाएकाे हाे । सरकारको निर्णयपछि आजैबाट टिकटक प्रतिबन्ध खुल्नेछ ।

टिकटक बन्द भएपछि चिनियाँ पक्षले तत्कालीन र वर्तमान सरकारलाई समेत पटक–पटक खुलाउनका लागि दबाब दिँदै आएको थियो ।

सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेको भन्दै तत्कालीन सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics