हात्तीको आक्रमणबाट कञ्चनपुरका डम्बर घाइते

कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

बेलडाँडी गाउँपालिका-१ झरना सागर सामुदायिक वन नजिकै सोही ठाउँका ४७ वर्षीय डम्बर विष्ट हात्तीको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

“चान्देउबाट साइकलमा बेलडाँडी आउँदै गरेका विष्टलाई जंगली हात्तीले आक्रमण गरेको हो”, उनले भने । मध्यवर्ती क्षेत्र नजिकै हात्तीले उनलाई आक्रमण गरेको हो । घाइते विष्टलाई नेपाली सेना र स्थानीयको सहयोगमा उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics