सगरमाथा संवादमा राष्ट्र प्रमुख र कार्यकारी नआउने

उद्घाटन प्रधानमन्त्री ओलीबाटै


काठमाडौँ– वातावरणका क्षेत्रमा नेपाल सरकारले गर्न लागेको बहुप्रतिक्षित अन्तर्राष्ट्रिय सम्मेलन सगरमाथा संवादमा कुनै पनि देशका राष्ट्र प्रमुख वा प्रमुख कार्यकारी नआउने भएका छन् ।
सरकारले सगरमाथा संवाद कार्यक्रम आगामी शुक्रवारदेखि आइतबारसम्म काठमाडौँस्थित सोल्टी होटेलमा आयोजना गर्न लागेको छ । संवादको पहिलो श्रृखंलाको विषय ‘जलवायु परिवर्तन, पर्वत र मानव जातीको भविष्य’ राखिएको छ । यस्तो संवाद हरेक दुई–दुई वर्षमा जुनसुकै विषयमा गर्न सकिने सरकारको भनाई छ ।
सगरमाथा संवादको अन्तिम तयारीबारे जानकारी दिन मङ्गलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सगरमाथा संवाद व्यवस्थापन संयोजक तथा परराष्ट्र मन्त्री आरजु राणा देउवाले राजनीतिक तहबाट सबैभन्दा उच्च पोर्टफोलियोमा केही देशका वातावरण मन्त्री आउन लागेको जानकारी दिएकी हुन ।
पत्रकारहरूले संवाद कार्यक्रममा सहभागी हुने उच्च राजनीतिक तहबारे पटक–पटक प्रश्न राखेपछि उनले यस्तो जानकारी दिएका हुन । राणा देउवाका अनुसार संवादमा १२ देशबाट मात्र राजनीतिक तहको सहभागिता हुने भएको छ जसलाई मन्त्री देउवाले उच्चस्तरीय अतिथि भनेकी छन् । सबैभन्दा माथिल्लो पोर्टफोलियमा ती देशमध्ये केहीको नेतृत्वमा वातावरण मन्त्रीहरू आउँदै छन् ।
राजनीतिक बाहेक वातावरण र जलवायुका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूले पनि संवादमा भाग लिँदै छन् । करिब ४० वटा देशबाट त्यस्ता प्रतिनिधिहरूको सहभागिता हुदैछ । विशेष गरी वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरू यस कार्यक्रममा आउँदै छन् ।
मन्त्री राणा देउवाका अनुसार विदेश पाहुनाहरूको सङ्ख्या १ सय ७५ र स्वदेशी सहभागिता १ सय ७५ गरी संवाद कुल ३५० जना सहभागी हुदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवाद कार्यक्रम गर्दै उद्घाटन अतिथिहरू समक्ष स्वागत भाषण गर्ने छन् । यही सत्रमा अजरबैजानको बाकुमा सम्पन्न संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको २९ औैं सम्मेलन (कोप २९)का अध्यक्ष मुख्तार बाबायेभले विशेष सम्बोधन गर्ने छन् । उनी अजरबैजानका इकोलोजी एन्ड नेचुरल रिर्सोसेज् मन्त्री पनि हुन । उद्घाटन सत्रमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसको सन्देशमूलक भिडियो पनि प्रस्तुत गरिनेछ ।
मन्त्री देउवाका अनुसार संवादमा भाग लिन दक्षिण छिमेक भारतबाट वातावरण मन्त्री र उत्तर छिमेकी चिन बाट चिनियाँ कम्युनिस्ट पार्टी स्टाडिङ कमिटीका भाइस चियर आउदैछन् । उनले संवाद कार्यक्रममा जति सक्यो धेरै युवायुवतीलाई सहभागी गराउने जानकारी दिइन् । संवाद कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने जानकारी पनि दिइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics