मनसुन सुरुवातमै ताप्लेजुङमा विपत् : बाढीले पुल बगायो, पहिरोले ज्यान लियो

काठमाडौं – मनसुन सुरुवातकै समयमा परेको वर्षाले नै ताप्लेजुङमा क्षति पुर्याउन थालेको छ । बुधाबार रातिदेखि परेको वर्षाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका स्थित सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ भने सडक मार्गमा पनि क्षति पुर्याएको छ ।


मध्यरातबाट परेको अविरल बर्षाले उक्त स्थानमा मानविय क्षति नपुर्याए पनि मानिस र सवारी तर्ने पुल बगाएको फक्तालुङ गाउँपालिका–५ का वडाध्यक्ष देउप्रसाद लिम्बुले नेचर खबरलाई जानकारी दिए । सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको थियो ।


सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाको सक्रियतामा विहीबारबाटै बाटो खुलाउने प्रयास सुरु भएको छ ।


जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख रवीन्द्रप्रसाद आचार्यले थुनिएको तमोर अहिले खुलिसकेको जानकारी दिएका छन् ।

यसैबिच ताप्लेजुङमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको हो ।


प्रहरीकाअनुसार पाँचथरको फिदिम नगरपालिका–१४ लुङ्रुपा घर भएका राई ट्रयाक्टरमा सहचालकका रुपमा कार्यरत थिए । परियोजनास्थल सिरिजङ्घा गाउँपालिका–७ खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थलमा नै मृत्यु हो ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ट्रयाक्टर पहिरोले बगाएर सडकदेखि करिव ६० मिटर तल पु¥याएको थियो । ट्रयाक्टरका चालकले भने भागेर ज्यान बचाउन सफल भएका थिए ।


घटना सोमबार रातिको भएपनि मृतकका आफन्तलाई पर्खनुपर्ने हुँदा बुधबार मात्र घटनास्थलबाट शव उठाएको प्रहरी निरीक्षक लुङगेलीले बताउनुभयो । उनकाअनुसार घटनास्थलबाट शव उठाएर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पु¥याइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics