वन्यजन्तुको फोटो खिच्नुहोस्, ३० हजार जित्नुहोस्

    205   

काठमाडौं – के तपाइँ वन्यजन्तु फोटोग्राफी गर्नुहुन्छ ? तपाइँका लागि अवसर छ । अब तपाईले मोबाइल वा क्यामराले खिचेको तस्बिर पठाएर ३० हजार पुरस्कार जित्न सक्नुहुन्छ ।

यस्तो योजना नेपालका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्वा शेर्पाले सार्वजनिक गरेका हुन् । उनले आफ्नो युट्ब च्यानलमा एउटा भिडियो राख्दै यस्तो प्रतिस्पर्धा सार्वजनिक गरेका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

उनका अनुसार फोटोमा अचम्मको वन्यजन्तु, जनावरहरू, चराहरू, कीराहरू, सरीसृपहरू तपाईंको छिमेकमा वा तपाईंले अन्वेषण गर्ने ठाउँमा फेला परेको खिचेर पठाउन सक्नुहुनेछ ।

यसमा सहभागि हुन शेर्पाले विभिन्न नियम पनि राखेका छन् ।

कसरी खिच्ने अनि पठाउने ?
१, तस्बिर लिनको लागि जुनसुकै क्यामेरा प्रयोग गर्न सकिनेछ । स्मार्टफोन, ट्याब्लेट होस् वा परम्परागत क्यामेरा सबैको प्रयोग तपाईले गर्न सक्नुहुन्छ ।

२, खिचेको फोटोको साथमा आफ्नो नाम, उमेर र छोटो क्याप्सन पेश गर्नुहोस् (यो कहाँ लिइएको थियो र यसको बारेमा छोटो जानकारी)

फोटोग्राफी प्रतियोगिताको नियम
१ उमेरः यो प्रतियोगितामा १५ वर्ष देखि ३० वर्षका युवा सहभागि हुन पाउँछन् ।
२, तपाईले एउटा मात्रै फोटो पठाउनुपर्नेछ ।
३, फोटो ढाँचाः फोटोहरू JPEG ढाँचामा पेश गर्नुपर्छ ।
४ सम्पादनः आधारभूत सम्पादन (जस्तै क्रपिङ, चमक, समायोजन) लाई अनुमति छ । अत्यधिक सम्पादन भएका तस्बिरहरू (उदाहरणका लागि फिल्टरहरू थप्ने, नाटकीय रूपमा रंगहरू परिवर्तन गर्ने) अयोग्य हुनेछन् । AI छविहरू पनि अयोग्य हुनेछन् ।
५, सामग्रीः तस्बिरहरू तिनीहरूको प्राकृतिक वासस्थानमा पाइने जनावर वा वन्यजन्तुको हुनुपर्छ ।

तस्बिर बुझाउने अन्तिम मितिः २५ अप्रिल
विजेता घोषणाः ३० अप्रिल

प्रतिक्रिया दिनुहोस

web
analytics