यस्तो छ आगामी तीन दिनको मौसम

आज दिउँसो केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने संभावना रहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः

वैशाख ३१ गते (मंगलबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।
राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

जेष्ठ ०१ गते (बुधबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।
राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

जेष्ठ ०२ गते (बिहिबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics