म वातावरण विनाश गर्न आएको हैन, निजगढमा विश्वकै सुन्दर विमानस्थल बनाउन आएको हुँ : मन्त्री भट्टराई

A+ A-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वातावरण विनाश नगरी निजगढमा विश्वकै सुन्दर विमानस्थल निर्माण गरिने बताएका छन् ।

बुधबार बिहान सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आफू निजगढमा विश्वकै सुन्दर विमानस्थल बनाउन आएको बताएका हुन । मन्त्री भट्टराईल भने ‘म वातावरण विनाश गर्न आएको हैन, विमानस्थल बनाउन चासो राख्नेको स्वागत र सम्मान गर्छु तर कति रुख काट्ने भन्ने विस्तृत जानकारी नआएकाले अहिले नै धेरै कुरा गर्न आवश्यक छैन ।’

मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणका लागि अब लामो समय नलाग्ने र लगानीको मोडालिटी फिक्स गर्न लगानी बोर्डलाई आग्रह गरिसकेको जानकारी दिए । उनले भने‘सन् २०१९ भित्र नै यसको शिलान्यास गर्ने हो ।’

मन्त्री भट्टराईले आफू मन्त्री बनेको एक हप्तामा यहाँको अवस्था बुझेको र अब कामको योजना बनाउँदै जाने पनि बताए।

उनले भैरहवा विमानस्थलको ७३ प्रतिशत काम सम्पन्न भएको र पोखरा विमानस्थलको काम ४५ प्रतिशत सम्पन्न भएको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

web
analytics