कम हुँदै जाडो, नेपालको तापक्रममा बृद्धी



यो वर्षको हिउँदमा जाडो कम भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम बर्षेनि बृद्धी हुँदै गइरहेकाले जाडो कम भएको हो ।

विभागका अनुसार नेपालको तापक्रम ० दशमलव ०४ डिग्री सेन्टीग्रेडले बृद्धी भइरहेको छ । यसरी तापक्रम बृद्धी हुनुमा जलवायु परिवर्तन, ग्लोबल वार्मीङ जस्ता पक्ष रहेको महाशाखाले जनाएको छ ।

सामान्यतया नेपालमा नोभेम्बर महिनादेखि चिसो बढ्दै जाने र जनावरी सकिँदै जाँदा चिसो कम हुँदै जान्छ । ‘यो वर्ष ढिला जाडो सुरु भयो र छिट्टै जाडो गयो’ जल तथा पुर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन् ‘यद्यपि जाडो नभएको भने होइन, यो वर्ष पनि जनावरी महिनामा काठमाडौंको तापक्रम शुन्य डिग्रीमा झरेको थियो । तर धेरै समय तापक्रम एउटै स्थितिमा नरहेको र छिट्टै बृद्धी भएका कारण धेरैजाडो नभएको हो ।’

यो बर्ष हिउँद महिनामा पानी नपरेकाले पनि धेरै जाडोको महसुस नभएको हो । विशेषगरी अघिल्ला बर्षमा डिसेम्बर र जनावरीमा पानी पर्ने गथ्र्यो भने यो वर्ष हिउँदका महिनामा पानी नपरेकाले पनि धेरै लामो समय चिसो नभएको हो ।

महाशाखाका अनुसार विगतका वर्षहरुमा हिउँदका महिनामा औसत १३ मिलिमिटरसम्म वर्षा हुन्थ्यो भने यो वर्ष ० दशमलव १ मिलिमिटरमात्र वर्षा भयो ।
विभागको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने काठमाडौंमा केहि वर्षयतादेखि जाडो कम हुँदै आइरहेको छ । अघिल्ला बर्षहरुमा डिसेम्बर महिनाको सुरुवातमा नै हिउँ पर्न सुरु हुने र डिसेम्बर महिनाको सुरुमा नै तापक्रम शुन्य डिग्रीमा झर्ने गथ्र्यो भने यो वर्ष डिसेम्बरको अन्तिम साताबाट मात्र हिउँ पर्न थालेको थियो ।

डिसेम्बर महिनामा सन् २००८ मा १४ डिग्री नाघेको काठमाडौंको तापक्रम घट्दै गएर गत वर्ष ११ दशमलव ५ डिग्री पुगेको थियो भने फेरी यस वर्ष डिसेम्बर महिनाको औसत तापक्रम १३ दशमलव ५ डिग्री हुन पुगेको थियो ।

यसैगरी डिसेम्बर महिनासँगै जनावरी महिनामा पनि काठमाडौंको तापक्रम धेरै घट्न सकेन । यो वर्ष महाशाखाले जनावरी १४ (माघ १) मा काठमाडौंको न्युनतम तापक्रम ० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको थियो । यो वर्ष काठमाडौंको तापक्रम यो भन्दा कम भएको छैन ।

अघिल्ला बर्षहरुमा एक÷दुई डिग्री सेल्सियस तापक्रम निकै दिनसम्म रहने भएकाले धेरै दिन चिसो हुन्थ्यो भने यसपाली माघको पहिलो साताबाट नै तापक्रममा बृद्धी आउन थालेपछि छिट्टै जाडो हट्न लागेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics