बाढीले बगायो २५ करोडको माछा



बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ ।

कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ । बाढीले माछाखेती गर्ने किसानलाई निकै ठूलो नोक्सानी पुर्याएको उनले बताए ।

बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । धनुषामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दै आएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics