ताइवानमा ६.३ रेक्टर स्केलको भूकम्प, राजधानीका अधिकांश भवनमा क्षति
- नेचर खबर
काठमाडौं - ताइवानमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । हिजो साँझ ५ बजेदेखि राति १२ बजेसम्म ताइवानमा लगातार ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।
पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु रहेको भूकम्पबाट कुनै हताहती भएको छैन । तर, भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ ।
जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि ३ अप्रिलमा ताइवानमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा १४ जनाको मृत्यु भएको थियो।
त्यसयता ताइवानमा सयौं भूकम्पको धक्का महसुस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस