आईटी क्षेत्रलाई सरकारले अझै प्राथमिकतामा राख्न आवश्यक छ : चन्द्रप्रसाद ढकाल

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्नुपर्नेमा जोड दिए ।

उनले अनलाइनबाट कारोबार गरे त्यो पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने उल्लेख गर्दै यो ठूलो लगानीबिनै विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले थप प्राथमिकता दिनुपर्ने बताए ।

अध्यक्ष ढकालले भने, ‘आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसावले काम गर्ने वातावरण बन्छ । डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छौँ, केही यसलाई अझै कार्यान्वनममा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics