फेला पर्‍यो सूर्यभन्दा ३३ गुणा ठूलो ब्ल्याक होल

काठमाडौं - वैज्ञानिकहरूले पृथ्वी अवस्थित आकाशगङ्गामा ठूलो 'ब्ल्याक होल' फेला पारेका छन् । पृथ्वीभन्दा दुई हजार प्रकाश वर्ष टाढा रहेको नयाँ ब्ल्याक होल वैज्ञानिकहरूले हालै फेला पारेका हुन् ।

वैज्ञानिकहरूले यसको नाम 'युनिकर्न' (वैज्ञानिक नाम गाइया- बीएचथ्री (Gaia-BH3)) राखेका छन् । तौलमा यो ब्ल्याक होल सूर्यभन्दा ३३ गुणा बढी छ । वैज्ञानिकहरूले यस ब्ल्याक होललाई प्रत्यक्ष देखेका भने होइनन् । तर अक्विला नक्षत्रमा ताराहरू घुमिरहेको पाइएकाले वैज्ञानिकहरूले 'युनिकर्न' भएको पुष्टि गर्न सकेका हुन् ।

युरोपियन स्पेस एजेन्सी (ईएसए) को गाइया परियोजना अन्तर्गत यो ब्ल्याक होल फेला परेको हो । सन् २०१३ मा सुरु गरिएको उक्त परियोजनाको लक्ष्य अर्बौं ताराहरूको थ्रीडी म्याप निर्माण गर्नु रहेको छ ।

त्यस्तै युरोपियन साउथर्टन अब्जरभेटरी (ईएसओ)ले सञ्चालन गरिरहेको द भेरी लार्ज टेलिस्कोप (भीएलटी)बाट पनि वैज्ञानिकहरूले युनिकर्नको अस्तित्व पुष्टि गरेका छन् ।

यो ब्ल्याक होल आकाशगङ्गाको मध्य भागमा अवस्थित छ । तर यो भने ताराहरू जन्मने क्रममा बनेको ब्ल्याक हो । त्यस्तै हालसम्म हाम्रो आकाशगङ्गा तारामण्डलमा वैज्ञानिकले पुष्टि र अनुमान गरेका ५० ब्ल्याक होल रहेका छन् । तर यो सङ्ख्या हजारौं वा लाखौं रहेको हुन सक्ने वैज्ञानिकहरू बताउँछन् । अब चाँडै युनिकर्न ब्ल्याक होल बारेमा थप अध्ययन गरिने वैज्ञानिकहरूको भनाइ छ । - एजेन्सीकाे सहयाेगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics