गुल्मीमा जंगलमा लागेको डढेलो गाउँमा फैलियो, ४० भन्दा बढी घरगोठ जले

गुल्मी - गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा भएको आगलागीमा अहिलेसमम ४० भन्दा बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीमा परेर २ जना घाइते भएका छन् ।

आगलागीमा परेर इस्मा १ बस्ने ट्रयाक्टर चालक हिमाल राना र मुसिकोट नगरपालिका ७ बस्ने प्रेम राना घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । जंगलमा लागेको डढेलो गाउँमा फैलिएपछि ठूलो क्षति भएको हो ।

यता गुल्मीकै मदाने गाउँपालिका १ अग्लुङमा पनि भीषण आगलागी भइरहेको छ । मथुरा सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिदा सात वटा घरगोठ जलेर नष्ट भएको वडा अध्यक्ष शुशील चन्दले जानकारी दिए ।

उनका अनुसार मानविय क्षति नभए पनि आगालागीबाट दर्जनौको संख्यामा गाइवस्तु जलेका छन् । त्यहाँ करीब एक करोडमाथि क्षति भएको प्रहरीको अनुमान छ । जिल्लाका विभिन्न स्थानमा लागेको आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली खटिइरहेको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics