रोचक छन् प्रकृतिका जीव : लोखर्के वृक्ष रोपण गर्छ, बंगुर कुरा गर्न सक्छ

काठमाडौं - संसार प्राकृतिक सम्पदाको अपार धनी छ । तर पनि हामीले प्रकृतिले दिएका देनहरुको बारेमा कमै मात्र जानकारी पाएका हुन्छौं । हाम्रो दैनिकीमा प्रयोग हुने र संगत गरेका जनावरहरुका विभिन्न रोचक तथ्य र विशेषताका बारेमा हामी अनभिज्ञ नै हुन्छौं । हामीले सधैंजसो नजिकबाट निहालेका १० जनावरहरू साँच्चै नै अनौठा किसिमका बानी व्यवहारको बारेमा केही कुरा जानौं ।

बंगुर
बंगुरलाई नचिन्ने सायदै कोही होला । तर बंगुरले एक अर्कासँग कुराकानी गर्न सक्छ भन्ने सायद तपाईलाई जानकारी छैन होला । वैज्ञानिकहरूले अझसम्म बंगुरले २० वटा शब्द चिन्न सफल भइसकेको दावी गरेका छन् । जसमा ‘मलाई भोक लाग्यो!’ पनि पर्दछ ।

कुकुर
घरमै नपाले पनि कुकुरलाई नदेख्ने त को होला र ? तर कुकुर को नाकको छाप ठ्याक्कै मानिसको औंलाको छाप जस्तै हुन्छ नि !

हमिङ बर्ड
पंक्षीहरु मध्ये अनौठो गुण भएको चरा हमिङ बर्ड पछाडिबाट पनि उड्न सक्छ । यसले १ सेकेण्डमा ८० पटक आफ्नो पखेटा चलाउन सक्छ । के तपाईँलाई यो कुराको बारेमा ज्ञान जानकारी थियो ?

शंखे किरा
वर्षा याममा शंखे किरा घर–आँगनमा आएर तपाईंलाई सताएकै होला । यो किराको बारेमा थाहा पाउनुभयो भने अचम्म मान्नुहुन्छ । शंखे किराको आँखामा घाउ भएर अथवा केही भएर आँखा गुमाएको छ भने, फेरि अर्को आँखा निकाल्न सक्छ ।

लोखर्के
कुनै बगैंचामा जाँदा रूखको हाँगामा लोखर्के देख्नुभएै होला । लोखर्के यस्तो जननावर हो जस्ले मानिसले जस्तै वृक्ष रोपण गर्छ ।  वास्तविकता के हो भने लोखर्केले आफूले खानको लागि बिउ पुरेको हुन्छ र पुरेको ठाउँ बिर्सेपछि त्यो बिउ उम्रेर रूख बन्छ ।

जिराफ
संसारको सबैभन्दाअग्लो जनावरको रुपमा चिनिएको जनावर हो जिराफ । जिराफको स्वर ग्रन्थी हुँदैन । यसको जिब्रो नीलो/कालो रङको हुन्छ ।

पुतली
पुतलीहरूसँग दुईवटा आँखा हुन्छन् जसमा एक हजार वटा लेन्सहरू हुन्छन् । तर पुतलीले केवल रातो, हरीयो र पंहेलो रङ रङ मात्रै देख्न सक्छ । त्यसैले होला पुतलीहरू फूलमा बढी आकर्षित हुन्छन् ।

बिरालो
तपाईले घरमा बिरालो त पाल्नु भएको होला । नभए छिमेकीको घरमा पालेको बिरालो त देख्नुभएकै छ । घरमै बिरालो पाल्नुभएको छ भने यो जान्न महत्वपूर्ण हुन्छ कि बिरालोको कानमा ३२ वटा मांशपेशीहरू हुन्छन् । जसले गर्दा बिरालोको सन्ने क्षमता अरू प्राणीको भन्दा धेरै गुणा बढी हुन्छ ।

कमिला
हरेक एक मानिसको ठाउँमा करिब १० लाख कमिलाहरू यो संसारमा पाइन्छन् । कमिलाले सधैं परिश्रम गरेको त तपाईलाई पनि जानकारी होला । कमिलाहरू कहिल्यै पनि सुत्दैनन् र यिनीहरुको फोक्सो पनि हुँदैन ।

झिंगा
झिंगाको आयु जम्मा १४ दिनको मात्रै हुन्छ, तर यसले छोटो जीवनकालमा पनि आफ्नो संगित प्रेम दर्साइरहेको हुन्छ । झिंगाको पखेटाबाट निस्कने ध्वनी पनि ‘एफ्’ नोटमा हुन्छ र जुन ठाउँमा ‘एफ्’ नोटको संगित बजाइरहेको हुन्छ, त्यहाँ झिंगा बढी झुम्मिने गर्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics