नेपालको इन्टरनेट किन काट्यो भारतीय कम्पनीले ?
- नेचर खबर

काठमाडौँ - देशभर अधिकांश इन्टरनेट सेवा अवरुद्ध भएका छन् । वर्ल्डलिङ्क, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क स्लो भएको छ केही शतप्रतिशत डाउन भएका छन् ।
इन्टरनेट सुस्त र अवरुद्धसमेत भएपछि ग्राहकहरूले खोजीनीति बढाएको छन् ।
इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिद बापतको रकम भारतीय अपस्ट्रिम प्रोभाइडरलाई नबुझाएकाले भारतीय कम्पनीले इन्टरनेट काटिदिएको बताइएको छ ।
विगत नौ महिनादेखि ब्यान्डविथ खरिदबापतको ३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको आइस्पान स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस