काठमाडौं आसपास ठूलो वर्षाको सम्भावना
- नेचर खबर
शिवपुरी क्षेत्रबाट सुरु भएको वर्षा हाल काठमाडौँ उपत्यकाको समग्र क्षेत्र र आसपासका डाकाडामा फैलिएको छ। गोदावरी तथा नख्खु खोला, बागमती, मनोहरा लगायतमा समेत बहाब आकस्मिक बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको भर्खरै सार्वननिक गरेको बुलेटिनमा बागमती र मरिन जलाधारको समग्र क्षेत्रलाई केन्द्रविन्दु बनाएर आकस्मिक ठुलो वर्षा भइरहेको उल्लेख छ । त्यस्तै यी नदीहरु र आसपासका सवै स-साना नदीहरुमा आकस्मिक बाढी जोखिम रहेको हुनाले काठमाडौं-दक्षिणकाली-हेटौंडा राजमार्गको क्षेत्रमा समेत सचेत रहन विभागको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस