खुल्ला ठाउँ संरक्षणका लागि आह्वान

काठमाडौं उपत्यकाको मुटुमा रहेको खुल्लामञ्च क्षेत्रमा विभिन्न बहानामा भइरहेकोे अतिक्रमण र त्यसमाथि उठेका क्रियाप्रतिक्रिया र उपत्यकाको जैविक विविधताको लागि महत्वपूर्ण मानिने चन्द्रागिरीमा बनाइएको रिसोर्टलगायत उपत्यका वरपरका सार्वजनिक जग्गा र खुल्ला क्षेत्रमा भइरहेको अतिक्रममण र दोहन बारेमा नेपाल वातावरण पत्रकार समूहको गम्भीर ध्यानाकर्षण भएको छ ।

कुनैपनि सहरको सौन्दर्य बढाउन खुल्ला ठाउँहरुको महत्वपूर्ण भूमिका हुन्छ । भूकम्पीय जोखिमको पाटोबाट पनि काठमाडौं लगायतका सहरहरुको सहरीकरण भूकम्पप्रतिरोधी हुनु आवश्यक छ भन्ने हामीले २०७२ सालको भूकम्पको बेला नै महशु्श गरेका हौं ।

घना आवादी वरपर रहेको खुल्लामञ्च जस्ता खाली ठाउँहरुले विगतमा सर्वसाधारणलाई विपत्तिको बेला आश्रय दिएको थियो र भविष्यमा पनि यसको आवश्यकता उत्तिकै छ । तर विभिन्न बहानामा खुल्लामञ्च जस्तो क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि दिने, सटरहरु निर्माण गरी व्यापार व्यवसाय गर्ने कार्य कदापि स्वीकार गर्न सकिन्न ।

रत्नपार्कमा रहेको बसपार्कमा बहुतले भवन बनाउने काठमाडौं महानगरपालिकाको योजनाले काठमाडौंबासीको भविष्यमाथि खेलवाड गर्ने भएकोले त्यसलाई तत्काल बन्द गर्न समूहले विगतदेखि नै आवाज उठाउँदै आएको छ । नागरिक समाजको आवाजलाई कुन्चेर बहुतले भवन बनाएर व्यापार व्यवसाय गर्ने कार्य निन्दनीय छ । खुल्लामञ्चको अतिक्रमण त्यसैको निरन्तरता हो । यसपटक नागरिक दवावका कारण सटरहरु भत्काइएपनि खुल्लामञ्च विभिन्न व्यापारिक प्रयोजनमा उपयोग भइरहेको छ ।

पञ्चायतकालीन नियन्त्रित राजनीतिक परिवेशमा पनि यो ठाउँ खुल्ला थियो ।अहिलेको खुल्ल्ला समाजमा यस्ता ठाउँहरुलाई नियन्त्रण गरेर व्यापार व्यवसाय गर्नु नितान्त गैर जिम्मेवार कार्य हो । सहरको सौंन्दर्य खुल्ला ठाउँको संरक्षणमा लाग्नुपर्ने स्थानीय सरकार, सेनालगायतका निकायहरु त्यस्ता ठाउँ खोजी खोजी संरचना बनाउने कार्यमा लाग्नु आफैमा दुःखद रहेकोे समूहका अध्यक्ष कसमस विश्वकर्माले बताए।

त्यसैक्रममा चन्द्रागिरीलगायतका ठाउँहरुमा पनि वातावरणीय प्रभाव मूल्यांकनको प्रतिकुल व्यापारिक संरचना बनाइएको तथ्यहरुका बारेमा पनि सरकारले बेलैमा सचेत हुन आग्रह गरेको छ । साथै, यहाँको पर्यावरण तथा सार्वजनिक क्षेत्रमाथिको दोहनको बारेमा निरन्तर आवाज उठाउन सञ्चार माध्यम, नागरिक समाज र सचेत नागरिकहरुमा अपिल गर्दछौं ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics