चीनको चार्चित अभिनेत्री सु चिङ बनिन् भ्रमण वर्षको सद्भावना दूत

चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भने, ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुनेछ ।’

नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु, अब गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको मन्त्री भट्टराईले बताए ।

अभिनेत्री छिङले नेपाल-चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गरेकी थिइन्। ‘बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी छु,’ उनले भनिन्।

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics