चितुवाको छाला सहित पक्राउ



संरक्षित वन्यजन्तु चितुवाको छाला सहित प्रहरीले ललितपुर महानगरपालिका -५ लगनखेल बसपार्कबाट दुईजनालाई पक्राउ गरेको छ ।

चितुवाको छाला ३ थान सहित प्रहरीले मंगलबार साँझ दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका(५ घर भई काठमाडौं महानगरपालिका-६ आरुबारी डेरा गरी बस्ने २६ वर्षीय बिपेन्द्र तामाङ र झापा बारदेश गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने २२ वर्षीय रोशन कार्की रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics