चक्रवात दानाका कारण भारतमा ३०० उडान, ५०० रेल रद्द

काठमाडाैं - चक्रवाती आँधी ‘दाना’का कारण भारतमा उडान र यातायात प्रभावित भएको छ ।

बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा दानाको असर बढी देखिने चेतावनी भारतको मौसम बिभागले दिएको थियो । ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ ।

आँधी र तुफानका कारण तीन डुंगा पल्टिदा १६ जना माछुवर बेपत्ता भएका छन् । आँधीका कारण ३०० उडान रद्द गरिएको र ५५० भन्दा बढी रेल रद्द गरिएको छ ।

सरकारले दाना आँधीले गर्ने सम्भावित क्षतिपछिको राहत र उद्धारका लागि २८८ टिम तैनाथ गरेको बताएको छ ।

भारतीय मौसम विज्ञान विभागको आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ ।

ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट पर्यटकलाई बाहिर निकालिएको छ । प्रदेशका १४ जिल्लाका सबै विद्यालय बन्द गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics