सगरमाथा निकुञ्जभित्र बने ५५ वृत्तचित्र

सोलुखुम्बुको नाम्चेबजारस्थित् सगरमाथा राष्ट्रिय निकुञ्जको मुख्यालय


पछिल्ला तीन वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्जमा ५५ वटा वृत्तचित्र(डकुमेन्ट्री) छायङ्कन भएका छन् । संरक्षित क्षेत्रमध्ये सबैभन्दा धेरै सगरमाथा राष्ट्रिय निकुञ्जमा छायङ्कन भएको छ । सगरमाथापछि चितवन राष्ट्रिय निकुञ्जमा धेरै वृत्तचित्र छायङ्कन भएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा १९ वटा वृत्तचित्र(डकुमेन्ट्री)छायाङ्कन भएका छन् ।

तीन वर्षमा संरक्षित क्षेत्रमा ९९ वटा वृत्तचित्र(डकुमेन्ट्री) छायङ्कन भएका छन् । यस्तै ११ वटा बर्दिया राष्ट्रिय निकुञ्ज, चार वटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, एउटा मकालु वरुण निकुञ्ज, दुईवटा राष्ट्रिय प्राणि उद्यान भक्तपुरमा, पाँच वटा रारा राष्ट्रिय निकुञ्जमा, तिनवटा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा, दईवटा कञ्चनजंघा संरक्षण क्षेत्रमा, एउटा खप्तड राष्ट्रिय निकुञ्ज र एउटा लामटाङ राष्ट्रिय निकुञ्जमा छायङ्कन भएका हुन् ।

आर्थिक वर्ष २०७१/७२ मा १३ वटा वृत्तचित्र छायङ्कन भएका छन् । जसमध्ये सगरमाथा राष्ट्रिय निकुञ्जमा ८ वटा वृत्तचित्र छायङ्कन भएका थिए ।   यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा ५ वटा वृत्तचित्र छायङ्कन भएका थिए ।

आर्थिक वर्ष ७२/७३ मा संरक्षित क्षेत्रमा ३५ वटा वृत्तचित्र छायङ्कन भएका छन् । जसमध्ये सगरमाथा राष्ट्रिय निकुञ्जमा २५ वटा छायङ्कन भए । त्यसैगरी, चितवन राष्ट्रिय निकुन्जमा तीन वटा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई वटा, मकालु वरुण निकुञ्जमा एउटा, दुईवटा बर्दिया राष्ट्रिय निकुञ्जमा, एउटा शिुवपुरी  नागार्जुन राष्ट्रिय निकुञ्जमा र एउटा कञ्चनजंघा संरक्षण क्षेत्रमा छायङ्कन भएका थिए ।

चालु आर्थिक वर्षमा ५१ वटा वृत्तचित्र(डकुमेन्ट्री) छायङ्कन भएका छन् भने मिश्रित गरेर पाच वटा वृत्तचित्र बनेका छन् । जसमा सगरमाथा राष्ट्रिय निकुञ्जमा २२ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ९ वटा, चितवन राष्ट्रिय निकुञ्जमा ११वटा, रारा राष्ट्रिय निकुञ्जमा पाँच वटा, एउटा लामटाङमा, दुईवटा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा, दुईवटा राष्ट्रिय प्राणि उद्यान भक्तपुरमा, दुईवटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा, एउटा कञ्चनजंघामा र एउटा खप्तड राष्ट्रिय निकुञ्जमा रहेको छ ।

यो वर्षमा नेपाली फिल्म तथा वृतचित्रको छायङ्कनबाट १ लाख ४५ हजार रुपैयाँ राजश्व उठेको छ भने विदेशी फिल्म तथा वृतचित्र निर्माणबाट २८ हजार डलर राजश्व सङ्कलन भएकाे छ । यसैगरी सार्क मुलुकबाट एउटामात्र चलिचत्र छायङ्कन हुँदा २५ हजार राजश्व सङ्कलन भएकाे छ । एउटा चलचित्र निर्माणका लागि विदेशी मुलुकसँग एक हजार अमेरिकन डलर, सार्क मुलुकसँग २५ हजार नेपाली रुपैँया र नेपालीसँग पाँच हजार रुपैया लिने गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics