नरेश शर्मा विज्ञ समूहको अध्यक्ष


कृषि अर्थविद् नरेश शर्मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघीय महासन्धी (युएनएफसीसीसी) अन्तर्गतको अति कम विकसित देशका विज्ञहरूको समूह (एलइजी) को अध्यक्षतामा निर्वाचित भएका छन् । सन् २०१८ देखि २०१९ सम्मको दुई वर्षका लागि शर्मा नेपालकातर्फबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

अफ्रिकाको सान टोम एण्ड प्रिन्सिपमा सोमबार सम्पन्न समूहको बैठकले शर्मालाई निर्वाचित गरेको हो । समूहका विज्ञहरूको यो ३३औं बैठक हो । बैठकले उपाध्यक्षमा आद्रितो सान्तना निर्वाचित भएका छन् ।

यो समूहले जलवायु परिवर्तनसम्बन्धी विभिन्न छलफल र निर्णयमा अति कम विकसित देशकातर्फबाट महत्वपूर्ण योगदान गर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics