हाम्रो बारेमा
बदलिदो विश्व, बैज्ञानिक आविश्कार संगै वातावरण संरक्षण र आर्थिक सम्बृद्धिलाई मूख्य विषय ठानेर नेचर मिडिया नेटवर्कले नेचर खबर नामक डिजिटल पत्रिका सुरु गरेको हो । यसले वातावरण र विज्ञानसंग जोडिएका समस्या तथा त्यसको समाधानका लागि निरन्तर आवाज उठाउनेछ । नेचर खबर प्रकृतिका महत्वपूर्ण र संवेदनशिल विषयहरु, जलवायु परिवर्तन, वातावरण संरक्षण, पर्यटन, कृषि, विकास तथा विज्ञानको निरन्तर सूचना र सन्देश प्राप्त गर्ने एउटैमात्र थलो हो । यससंगै हामी प्रकृतिसंग जोडिएका विभिन्न रोजगारीका अवसर तथा उत्कृष्ट अनुसन्धान प्रतिवेदन र प्रकृतिका समाचारको विविध स्वाद पस्किन्छौं ।
खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी यो क्षेत्रलाई निरन्तर खबरदारी गरिरहन्छौं । बैज्ञानिक, वातावरणविद् तथा यो क्षेत्रका विज्ञ विशेषज्ञको बिचार हाम्रो प्राथमिकतामा रहन्छन् । यिनै उद्देश्यले विसं २०७२ फागुनदेखि पत्रकारिता र लेखनमा संलगन युवाहरुको समूहले नेचर खबर डिजिटल मिडिया सुरु गरेको हो । व्यवसायीक पत्रकारहरुको संलग्नताकै कारण यसले छोटो समयमा नै उल्लेख्य प्रगती गरेको छ । उत्कृष्ट शैक्षिक योग्यता भएका पत्रकारहरुको समूहले सञ्चालन गरेको यो बहुआयामिक समाचार साइटले पत्रकारिता तथा सामाजिक सञ्जालका सम्पूर्ण सिद्धान्त र नैतिकता पालना गर्नेछ । हमी सामाजिक सञ्जाल तथा पछिल्लो समयमा विकास भएका सबै आम सञ्चारका माध्यमको बैज्ञानिक र व्यवसायीक प्रयोग गर्छौं ।
नेचर मिडिया नेटवर्कले नेचर टिभीसमेत सञ्चालन गरिरहेको छ । चांडै नै नेचर रेडियो सञ्चालनको तयारी गरिरहेको छ । नेचर खबरमा काम गर्ने सञ्चारकर्मीको विशेषज्ञतामासमेत विविधता छ । रेडियो, टेलीभिजन तथा अनलाइनमा काम गरेका अनुभवीहरुको समूहले यसलाई एउटा पूर्ण रुपमा मल्टिीमडिया प्लेटफर्मको रुपमा विकास गर्दै लैजाने लक्ष्य राखेको छ ।