चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण
- नेचर खबर

काठमाडाैं । सरकारले चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम गत साउन १ गतेदेखि लागू हुने गरी चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।
नयाँ निर्धारणअनुसार, चिया बगानका श्रमिकले मासिक १० हजार ९६ रुपैयाँ आधारभूत पारिश्रमिक र ५ हजार ६०३ रुपैयाँ महंगी भत्तासहित कुल १५ हजार ६९९ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन् ।
दैनिक ज्याला ५६५ रुपैयाँ र प्रति घण्टा ७० रुपैयाँ तोकिएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारले समेत दैनिक ७० रुपैयाँ भत्ता पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस