शनिबारदेखि पुन वर्षा र हिमपात हुने सम्भावना


गत मंगलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव शुत्रबार सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा र हिमपात हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार देखि पुन पश्चिमी वायुको नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटिले जनकारी दिइन । उनको अनुसार शुत्रबार मौसममा केही सुधार भई घाम लागे पनि शनिबारदेखि फेरि मौसमा बदली हुनेछ ।

देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुन : दोहोरिने मौसमविद् नगरकोटिले भनिन् ।

राति देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै भोलि शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics