आज छिटपुट वर्षा हुने सम्भावना
- नेचर खबर

काठमाडौ उपत्यका लगायत देशका विभन्न भागमा छिटपुट पानी परेपनि आज दिउँसोको मौसम सामान्य रहनेछ । देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम सम्बन्धी विवरणः
जेष्ठ ०२ गते (बिहिबार)
दिउँसो देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशको पूर्वी भूभागका तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदलि रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जेष्ठ ०३ गते (शुक्रबार)
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जेष्ठ ०४ गते (शनिबार)
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी पहाडी भूभागका थोरै स्थानमा तथा मध्य र पूर्वी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस