गर्मीले भारतको जनजीवन अस्तव्यस्त
- नेचर खबर

भारतको अधिकांश क्षेत्रहरूमा गर्मी बढे सँगै त्यहाँको जनजीवन अस्त –व्यस्त बन्दै गएको छ।
भारतीय सञ्चार माध्यम न्यूज अन एअरले राजस्थान लगायतका अधिकांश स्थानको तापक्रम ४५ डिग्री सेल्सियस रहेको जनाएको छ। सरकारले गर्मीका कारण कामको अवधि पनि कम गरेको छ ।
सिमामा करिब ५० डिग्रीको तापक्रममा काम गरिरहेका लागि पनि गर्मीबाट बच्नको लागि विशेष व्यवस्था गरिएको बताइएको छ ।
त्यसै गरी भारतको मध्य प्रदेशका धेरै स्थानहरू ‘लू’ का कारण प्रभावित भएका छन्। हिमाचल प्रदेशमा पनि तापक्रम सामान्य भन्दा धेरै नै रहेको उल्लेख गरिएको छ।
मौसम विभागले देशको उत्तरी र मध्यवर्ती भागमा यो हप्ता पनि प्रचण्ड गर्मी हुने जनाएको छ।
पन्जाव, हरियाणा, उत्तर प्रदेश र राजस्थानमा अबको केही दिनमा गर्मी थप बढ्ने अनुमान गरिएको छ। दिल्लीको सोमबारको अधिकतम तापक्रम ४५.८ डिग्री रहेको थियो।
प्रतिक्रिया दिनुहोस