नेपालमा मनसुन शुरू

सामान्यतय नेपालमा मनसुन जुन १० मा भित्रिने गरे पनि यो वर्ष भने १० दिन ढिला गरेर ५ असारबाट नेपाली आकाशमा मनसुन भित्रिएको छ  ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा नेपाल आइपुगेको मौसमविद्हरुले बताएका छन् ।

पूर्वी नेपालबाट मनसुन सक्रिय हुने भए पनि मुलुकभर यो प्रणाली फैलिन अझै ७ देखि १० दिन लाग्ने देखिएको छ ।

विभागका अनुसार पूर्वी नेपालको आकाशमा ठूलो मात्रामा पानीको बाफ बोकेको हावा भित्रिएको छ । र यसले भारी वर्षा गराउन शुरु गर्नेछ ।

पहिलो चरणमा आएको मनसुनी हावाले पश्चिम नेपालसम्म पानी पार्न नसक्ने आकलन विभागको छ ।

यसका लागि पश्चिमको अरब सागरबाट उठेको हावा पनि नेपाली आकाशमा आइपुग्नुपर्ने हुन्छ ।

पश्चिम नेपालको भूगोल बंगलाको खाडी र अरब सागरका दुई तटको बीचतिर पर्ने भएकाले सामान्यतया पश्चिम नेपालमा कम वर्षात् हुने गरेको छ ।

नेपाली सीमाबाट बंगालको खाडी नजिकै पर्ने भएकाले पूर्वबाट नै मनसुन शुरु हुन्छ र पूर्वबाट नै अन्त्य ।

गण्डकी पश्चिममा मनसुन शुरु हुन केही ढिला हुने भए पनि यो वर्ष पूर्वी भागमा भन्दा पश्चिम नेपालमा बढी पानी पर्ने देखिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics