सगरमाथा निकुञ्जमा कस्तूरी मृग मारेका पक्राउ



सगरमाथा राष्ट्रिय निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा पक्राउ परेका छन् । स्थानीले सात जनालाईे नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन।

स्थानीय युवा क्लब र मध्यवर्ती क्षेत्रका उपभोक्ताले पाङ्बोचे र फोर्चेबाट नियन्त्रणमा लिएका सात जनालाई निकुञ्जमा जिम्मा लाएका हुन । ।

लुकेर बसेका उनीहरुलाई स्थानीयले छापा मारेर नियन्त्रणमा लिएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कस्तुरी मार्नेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना वा ५ देखि १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ । कस्तूरी ऐनको संरक्षित वन्यजन्तुको सूचीमा पर्छ ।

वैशाख १४ गते मालिङ्गो लिन गएका स्थानीयले पासोमा पारेर कस्तूरी मारिएको देखेपछि निकुञ्ज र सुरक्षा निकायलाई जानकारी गराएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics