पहाडी भेगमा पानी पर्ने सम्भावना

आइतबार देशका पहाडी भेगको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

यस्तै राती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमासमेत पानी पर्न सक्ने महाशाखाको अनुमान छ ।पश्चिमी वायूको प्रभावले प्रदेश २ र लुम्बिनीबाहेक अरु प्रदेशका केही ठाउँमा पर्सिसम्म नै पानी पर्न सक्ने मौसमविदले बताएका छन् । यस्तै देशका सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकामा हिजो भन्दा केही न्यानो महसुस भएको छ । हिजो १ दशमलव तीन डिग्री रहेको काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज ३ डिग्रीमा पुगेको छ ।हिमपातका कारण चिसो बढ्ने भएकोले चिसोबाट बच्न सावधानी अपनाउनका लागि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics