हिमाल संरक्षण प्राथामिकतामा

सरोकारवालहरुले हिमालको संरक्षण प्राथामिकता कायम गर्न प्रतिवद्धताका साथ दिगो पर्वतीय विकाससम्बन्धी अन्तर्राष्ट्रिय दुई दिने सम्मेलन बिहिबार समापन भएको छ ।

संयुक्त राष्ट्रसंघीय नियोग युएनडिपी, एएफएओ, आइयुसिएन तथा डब्लुडब्लुएफ, डिसिए र इसिमोडका प्रतिनिधिले नेपालको पर्वतीय क्षेत्र विश्वकै लागि महत्वपूर्ण रहेको र समस्या समाधानका लागिसहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पर्वतीय स्रोतहरूको संरक्षण र दिगो उपयोगको महत्त्वबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले दिगो पर्वतीय विकासको अर्न्तर्राष्ट्रिय वर्षका सन्दर्भमा नेपालले पनि यो वर्ष हिमालका सम्भावनालाई उजागर गर्न कार्यक्रम र गतिविधिहरू गर्ने निर्णय गरिसकेको बताए । उनले यही अन्तर्राष्ट्रिय वर्षको अवसरमा हिमाली जिल्ला मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ गर्न लागेको समेत जानकारी दिए । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले हिमालको संरक्षण नेपालको लागि चुनौती र अवसर दुबै रहेको बताए । दुई दिने सम्मेलनमा हिमालले पारेको असर र सम्भावनामा केन्द्रित भएर छलफल गरिएको थियो ।

वन मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले तल्लो तटीय क्षेत्रसम्म प्रत्यक्ष रुपमा प्रभाव पार्ने पर्वतीय क्षेत्रको समस्या पहिचान र समाधानका उपायको खोजीमा नीतिगत बहसले सहयोग गरेको बताए। वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुई दिने सम्मेलनमा विभिन्न १३ मुलुकका दुई सय जनाको सहभागिता छ । सम्मेलनमा दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत समथर भूभागबीचको अन्तरसम्बन्धलगायत विषयमा छलफल भएको थियो ।।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics