बांगाबगरमा पहिरो महाकाली राजमार्ग अवरुद्ध

पहिरोले मंगलवार राती अवरुद्ध भएर बुधवार मध्यान्हवाट सुचारु भएको महाकाली राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ   ।

लगातारको बर्षाले गर्दा महाकाली राजमार्गको सतबाँझ– गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडकमा खसेको पहिरो पन्छ्यान लागेको भएपनि बर्षौदेखिको ठुलो पहिरो भएकोले पानी पर्ने बित्तिकै पुनः खसेर सडक अवरुद्ध भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता , प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। उनले भने, “लगातार पानी परिरहेकोले पहिरो पन्छ्याउन पनि समस्या भएको छ । ” सडक अवरुद्ध भएर हुँदा यातायातका साधन पूर्ण रुपमा रोकिएको उनले बताए ।

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला , बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन ।

वि स २०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुँदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

यसका साथै उक्त पहिरोले त्यो बेला बांगाबगर ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो ।  सोहीबेलादेखि प्रत्येक बर्ष आउने पहिरोले हाल पनि बांगाबगरबासीलाई चिन्तित बनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics