लाटोकोसेरो संरक्षणमा आचार्यको उच्च योगदान, पाए ‘हिट्ली’ संरक्षण पुरस्कार

काठमाडौं – संरक्षणकर्मी राजु आचार्य विश्व प्रसिद्ध ‘हिट्ली’ संरक्षण पुरस्कारबाट सम्मानित भएका छन् । यो पुरस्कारलाई हरित क्षेत्रको ओस्कार मानिन्छ ।

आचार्य विगत ३५ वर्ष देखि वन्यजन्तुको अध्ययन, अनुसन्धान र संरक्षणमा निरन्तर लाग्दै आएका छन् ।

पोखराका आचार्यलाई उक्त पुरस्कार बेलायतको लन्डनमा आयोजित विशेष कार्यक्रममा बुधबार अवार्ड प्रदान गरिएको हो ।

आचार्यलाई बेलायती राजकुमारीको हातबाट विश्व प्रसिद्ध हिट्ली पुरस्कार प्रदान गरिएको बताइएको छ ।

बेलायतको च्यारिटी द हिट्ली फन्ड फर नेचर (डब्लुएफएन) ले विश्व भरिका ६ जना वन्यजन्तुको अध्ययन, अनुसन्धान र संरक्षण क्षेत्रमा लागेका संरक्षणकर्मीलाई दिएको यो पुरस्कार ५० हजार पाउण्ड राशीको रहेको छ ।

आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको हो । यो वर्ष आचार्यसहित ब्राजिल, भुटान, पपुवान्यु गिनिज, क्यामरुन र गुयानाका संरक्षणकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics