किन धुम्मियो काठमाडौं ?



देशको मध्य र पुर्वी भागमा भएको न्युनचापिय क्षेत्रको असरका कारण देशभरको मौसममा बदली आएको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार यसको असर आइतबार दिनभरि रहने र सोमबारदेखि विस्तारै हट्नेछ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठले भने ‘जमिनको सतहबाट नजिकै तुवाँँलो लागेकोले पनि मौसममा खराबी देखिएको छ ।’ उनले थपे ‘हावा लागेपछि विस्तारै तुवाँलो हट्दै जानेछ ।’
मनसुनमा बाहेक अन्य समयमा पश्चिमबाट मौसमी प्रणालि भित्रिने गरेकोले यस्तो मौसम समय समयमा हुने गर्दछ । श्रेष्ठले भने ‘आइतबार दिनभरि छिनमै घाम लाग्ने र छिनमै बादल लाग्ने भइरहन्छ । यद्यपि वर्षा हुने कुनै संकेत भने देखिएको छैन ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics