मलाइ माफ गरिदेउ बाग्मती

A+ A-

तस्वीर साभार : Samsung Engineering Co. Ltd.(SECL)

सदा झैँ आज पनि हामी दाजुभाइ राम र म कलेजमा बिहान 10 बजेसम्मको पढाइ सकेर फर्कियौँ घर देखि कलेज सम्मानको दुरी धेरै टाढा नभए पनि हामी मोटरसाईकलमा जाने गर्थेंउ । बिहान कलेज जाँदा कुनै पनि समस्या नदेखाएको मोटरसाइकलले जब कलेज छुट्टी भयर घर फर्किने बेला हामी मोटोरसाइकल नबसेका मात्र के थियौँ मोटरसाइकल स्टार्ट नै भएन धेरै बेरसम्मको प्रयासमा पनि मोटरसाइकल स्टार्ट नभएपछि हामीले मोटरसाइकल बनाउने ठाउँ वर्कशप मा लगेर देखाउने निधो गर्यौँ , वरिपरि वर्कशपनभएकोले गर्दा र मोटरसाइकल डोर्‍याउँदै वर्कशप खोज्नु परेकाले होला लागेको भोक पनि छिप्पीँदै गएको थियो' धोबीखोला भनेर चिनिने बाग्मती खोलाको किनारै किनार हिँडेपछि एकैछिनमा एउटा सानो वर्कशप टाढैबाट देखियो खाना खाने समय भएकोले गर्दा होला वर्कशप को सटर बन्द गर्न लागेको हो कि जस्तो लाग्यो मैले हतार-हतार रामलाई तँ बिस्तारै मोटरसाइकल डोरायर ल्याउँदै गर है म त्यो दाइलाइ रोक्दै गर्छु रामले हुन्छ भन्दै के थियो म त्यहाँबाट दौडिहालेँ , वोर्कशप मा पुगेर मोटरसाइकको बारेमा मेकानिक दाइलाई भने, बन्द गरिसकेको सटर खोल्दा खोल्दै राम पनि हतार हतार गरी आइपुग्यो ।मेकानिक दाइको प्रश्नमा रामले उत्तर दिँदै थियो बिहान राम्रोसँग चलिरहेको बाइक अहिले स्टार्ट नै भएन के भएको होला एकपल्ट राम्रोसँग हेर्दिनुन


यत्तिकैमा एकदमै नमिठो प्रदूषित गन्ध मेरो नाकले थाहा पायो मैले धोबिखोलातिर हेर्दै भने कस्तो गनाएको यो खोला छ्या.. मोटरसाईकल बिग्रिएको र मर्मत गर्ने ठाउँ खोज्नाले होला मैले किनारै किनार आउँदा धोबीखोला लाई राम्रोसँग नियालेर हेर्ने मौकै पायको थिइन दुर्गन्धित गन्धले छ्या भन्दै खोलातिर नियाँल्लिएको म धोबिखोलालाई हेरेको हेरे भएँ धोबिखोला अर्थात बागमती उ बेलामा भनेझैँ बाघको जस्तो मति लियर गर्जँदै हिँड्ने बागमती- बागमती जस्तो थिएन प्लास्टिकका पोकै पोका, फुटेका सिसाका टुक्राहरु, बोतल, फोहोरका थुप्रा, नकुहियका काठ, घाँसपात आदि विभिन्न कुराले खोला घेरिएको देखिन्थ्यो । खोलाको किनारमा बसेर हेरिरहेको म बागमती ले डिलमा बोलाएको जस्तै महसुस भयो अनि डिलैमा बसेर खोलाको परपरसम्मको दृश्य हेर्दै के थिएँ एकजना मोटरसाइकलमा आउँदैगरेको दाइले खोलातिर पिचिक्क थुक्नुभयो मेरो मनै देखिन आवाज निस्कियो "कठ्ठै बागमती" ठुलाबडा हुनेखाने सम्पन्न रूपले विकासका पूर्वाधार पुगेको नेपालको राजधानी काठमाडौंको छातीमा बगेको बागमती को हालत यस्तो हेर्नै नहुने किन होला? मलाई बागमती सँग प्रश्न गर्न मन लाग्यो तिमी किन यति फोहोरि छौ? तिमीलाई मानिसले किन नराम्रो दृष्टिकोणले हेर्छन? आफ्नो पिठ्युँमा यत्तिका पोहोरै फोहोर लियर हिंड्न् तिमीलाई गाह्रो हुँदैन? तिमी त एउटा खोला हौ तर खोला त के तिमिलाइ खोल्से कुलो भन्न पनि सुहाउँदैन किन? तिमीलाई पनि सलल बग्न मन लाग्दैन? तिमीलाई पनि उपत्यका बाहिर रहेका भोटेकोशी, दुधकोशी ,तामाकोशी, सुनकोशी आदि सरह गुञ्जिदै बाजा बजाउँदै जंगल सँगसँगै नाच्दै रमाउदै बग्न मन लाग्दैन?


सायद बाग्मती बोल्न सक्थिन भने मेरो प्रश्नको उत्तर दिन्थिन होला `कि´, हो मलाई पनि अरु खोला, नदी ,ताल ,तलैया,सरह बनि बग्न मन लाग्छ, हो मलाई पनि अरु कोशी जस्तै सफा भइ बग्न मन लाग्छ जंगल भिरपाखा खोल्सा आदि बाट चिच्याउँदै एकअर्काबीच ठोकिँदै होहल्ला गर्दै ओरालो झर्न मन लाग्छ तर अफसोच यहाँ म आफ्नो तरिकाले बग्न सकिराको छैन मलाई त पछाडी बाट फोहोरका थुप्राहरु ले धकेलिदिए म झर्ने छु त्यो पनि आफ्नो तरिकाले नभई, केही हदसम्म आफ्नो तरिकाले बग्ने भनेको त वर्षातको समय मात्र हो आकाशबाट परेको पानीले मेरो आकार आफैंले ठुलो बनाइ रमाएर बग्ने प्रयास गर्छु। तर त्यो धेरै समय सम्म रहँदैन हिउँदको बेलामा म पहिलेको जस्तै हुन बाध्य हुनुपर्छ, ममाथि मनुष्यले गरेको यस्तो व्यवहारले गर्दा लाग्छ बर्खामा ठुलो भेल बाढी आई वरपरको धनजन सबै तहसनहस गरौं तर मलाई यस्तो व्यवहार गरे भन्दैमा मैले कुभलो चिताउनु जरुरत मान्दिन। यदि म उपत्यका बाहिर हुन्थे भने अरूको पनि मेरो जस्तै हालत हुन्थ्यो त्यसैले जे हुनु थियो भयो अब उपत्यकामा अन्य क्षेत्रबाट खोला बनि यो ठाउँमा मिसिन नआए हुन्थ्यो जस्तो लाग्छ किनभने जति भएपनि नपुग्ने यो सहरमा जति खोलाहरु मिसिए पनि मेरो जस्तै हालत हुने हो। हुन त बागमती सफा गर्ने निहुँले विभिन्न प्रोग्राम ,सरसफाई अभियान, क्लवको निर्माण, नभएको भने होइन तर सरसफाइ अभियान पाँच दिनको बनाउँछन् अनि एकै दिनमा सफा भयो भन्दै जान्छन् , थपक्क संगले थुप्रो बनेर बसेको फोहोरको हिलोलाई चलाई दिन्छन् अनि झनै दुर्गन्धित बनाएर आफैं छिछी र दुरदूर गरी हिड्छन मेरो पिडा अनि म रोहेको कसैले देख्दैनन् हुन त देख्छन् पनि कसरि फोहोरिन परे मलाई थाहा छ मेरो आयु लामो छैन त्यसैले छउन्जेल र रहुन्जेल जेजस्तो भए पनि `सहीदिन्छु अहरूको लागि रहिरिन्छ´


म झल्याँस्स झस्किएँ रामले उताबाट हिँड्न के हेरिराको बाइक स्टार्ट भयो जाउँ भन्दै थियो खै किन हो मेरो मुखबाट ल ल जाउँ भन्ने आवाज नै निस्केन बागमतीलाई हेर्दै बाईकमा बसे अनि मनमनै भने तिमी सफा हुनु जरुरी छ हामी सबैको लागि, तिमी वागमती जस्तै बन्नुपर्छ। म आजै वडा कार्यालयमा यो कुरा राक्छु, अनि समस्याको समाधान लिएरै आउँछु ,,एकै छिनमा हामी पनि घर आइपुग्यौं खानाको तयारी भयो . खाना खाने समय बितेकोले होला या बागमतीको सम्झनाले खाना पटक्कै रुचेन. जुठो हात धोएँ बाहिर निस्कियर अघि बनाएर ल्याएको मोटरसाइकल स्टार्ट गरेँ घरबाट नजिकै को वडा कार्यालयतिर निस्किन लागेको थिए रामले भित्र बाट काँ जान लागिस? भन्दै थियो मैले सुनेको नसुनेझैँ गरि वडा कार्यालय जाने बाटो प्रस्थान गरेँ वडा कार्यालयको वडा अध्यक्ष लाई म राम्रै चिन्थे वडा अध्यक्षलाई म अङल भनी सम्बोधन गर्थें। म वडा कर्यलयमा पुगेको मात्र के थिएँ वडाअध्यक्ष अंकल लाई गेटमै भेटियो मैले बाइक नरोकी वडाअध्यक्ष अंकललाई सम्बोधन गर्दै भने नमस्कार अंकल टाढै जान लाग्नुभयो अंकले भन्नुभयोः अँ बाबु सानो मिटिङ्गमा जान लागेको, के छ खबर तिम्रो? अनि के कति कामले आयौ? मैले अरु केही नसोधी बागमतीको समस्या बारे कुरा राखिहाले अंकल म एउटा सानो विषयवस्तु तिएर आको। भलै म एक्लै आएको होला तर यो सबैको समस्या हो हाम्रो वडा हुँदै बग्ने धोबीखोला सरै प्रदूषित र दुर्गन्धित भएको छ यसको बारे केही सोच्नुभएको छैन? अंकले जवाफ दिनुभयो तिमिले यो सानो भन्यौ तर यो ठूलो विषयवस्तु हो वडाले गर्नुपर्ने कार्यहरु बेलाबेलामा गरेकै छ, ढलहरुको नियन्त्रण भइरहेको छ, तिमिले यो बारे कुरा उठायो धन्यवाद- म अहिले मिटिङमा निस्किन्छु है; अंकल ले पाइला सार्दै हुनुहुन्थ्यो मैले कुरा राखी हाले अंकल कुरा ढल नियंत्रण को मात्र होइन खोलामा भएका फोहोर वस्तुहरुलाई पनि सफा गर्नुपर्छ नि होइनर? बरु केही मजदुर दाइहरु को ब्यबस्था गर्दिनु यसमा म लगायत मेरा साथीहरूलाई पनि सहभागी गराउने कोसिस गर्छु, अंकलले भन्नु भयो हैन बाबु आजभोलि त्यस्तो काम गर्ने मान्छे पाइँन गाह्रो छ । तिमी चिन्ता नलेउन मिटिङ अथवा भेला गरी सलूशन निकाल्नुपर्छ /खै मेरो कुराले हो या साँच्चिकै ढिला भएर हो वडाध्यक्ष अंकल त्यहाँबाट हिँडी हाल्नुभयो म अलमल्ल परेँ केहीबेर टोलाईरहे उता बागमतीलाई समस्याको समाधान सहित आउँछु भनेर बाचा जस्तै गरी आएको थिएँ मनमनै बागमतीलाई फेरी सम्झिएँ तिम्रो समस्या मैले मात्र बुझें यो ठाउँ यो सहर यो परिवेशले बुझेन ,तिमीले एक दिन अवश्य जित्ने छौ ।`भनिन्छ नि सत्य को जित हुन्छ´ समस्या को समाधान लएर आउने बाचा गरेको थिएँ तर त्यो बाचा पुरा गर्न सकिन "मलाई माफ गरिदेउ बागमती" मलाई माफ गरिदेउ...

प्रतिक्रिया दिनुहोस

web
analytics