पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
- नेचर खबर

जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
गगनेखोला क्षेत्रमा यसअघि पनि पटकपटक पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो । गगनेखोला कर्णाली राजमार्गको सबैभन्दा बढी जोखिम ठाउँ पनि हो ।
अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । पहिरो पन्छाउन समय लाग्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस