गैंडाको बच्चा स्याहार गदै कर्मचारी

बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई उपत्यकाको चेपाङ्गमा जन्मेको बच्चा  स्याहार गर्न कर्मचारी खटिएका छन् । गत वर्ष चितवन बाट स्थानान्तरण गरिएको गैंडाले तीन दिन अघि बच्चा जन्माएको थियो । पूर्व वार्डेन रमेश थापाका अनुसार केहि दिनमा बच्चाको नाम राख्ने र भाले/पोथी छुटाइने बताए ।

यसअघि पनि चितवन बाट स्थानान्तरण गरिएको दुईवटा गैंडाले बच्चा जन्माएको थियो तर एउटा बच्चलाई बाघले खाइदिएको थियो । यो बच्चालाई राम्रो सँग बच्चाउन  स्याहार सुसारका लागि कर्मचारी खटाइएको हो । बबई उपत्यकामा गैंडाको दुई बच्चा सहित यसको संख्या बढेर ९ पुगेको छ भने बर्दिया निकुन्जमा गैडाको संख्या बढेर ३९ पुगेको छ ।

गैंडाको सख्या बढाउन उदेश्यले चितवनबाट गैंडा स्थानान्तरण गरिएको हो । बबई नदी र पानीको उचित आहाल भएको स्थान भएकाले पनि बबई उपत्यकालाई गैँडाको उचित वासस्थान मानिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics