मकवानपुरमा चट्याङ लागेर बाबु-छोरीको मृत्यु



मकवानपुरकोे मनहरि गाउँपालिका– २, ठाडोखोला झुल्यानमा चट्याङ लागेर बाबु-छोरीको मृत्युु भएको छ ।

आइतबार साँझ पानीसँगै परेको चट्याङ लागेर घाइते २८ वर्षीय भीमलाल सिन्तान र ३ वर्षीय छोरी विमलाको ज्यान गएको हो ।

मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चट्याङ लागेर घाइते बाबु–छोरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको बताए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics